जी न्युजका प्रधान-सम्पादक चौधरीले मागे माफी « Khabarhub

जी न्युजका प्रधान-सम्पादक चौधरीले मागे माफी


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय पत्रकार सुधीर चौधरीले नेपाल मामिलामा गरेको ट्वीट हटाएका छन् । नेपाल र भारतबाट चर्को आलोचना भएपछि नेपाल मामिलामा गरेको टिप्पणी माफी मागेर हटाएका हुन् । नेपाल र भारतका हजारौँले चौधरीको अभिव्यक्तिमा आपत्ति जनाएका थिए ।

जी न्युजका प्रधानसम्पादक चौधरीले नेपालमा भारतीय न्युज च्यानल प्रतिबन्धपछि नेपाल भारतीय समाचार वाचकसँग डराएको र सेनाको आवश्यकता नै नपरेको भन्दै टिप्पणी गरेका थिए । उनको टिप्पणीमा हजारौँले असहमति जनाएपछि बाध्य भएर ट्वीट हटाएका हुन् ।

ट्वीट हटाउँदै उनले लेखेका छन्, ‘मैले गरेको ट्वीटले नेपालका दर्शकलाई चोट पुगेको छ । भारतबाट पनि धेरैले गलत गरेको भनेर मलाई लेखेका छन् । मैले आवेशमा अनावश्यक प्रतिक्रिया दिएँ । यो मञ्च अभिव्यक्तिका लागि हो कसैलाई चोट पुर्याउनका लागि होइन । त्यसैले मैले दुख व्यक्त गर्दै ट्वीट हटाएको छु ।’

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूतलाई गलत तरिकाले प्रस्तुत गरेर जी न्युजले नै भिडियो रिपोर्ट बनाएको थियो । अन्य भारतीय सञ्चारमाध्यमले पनि नेपालविरुद्ध गलत सन्देश प्रशारण गरिरहेका छन् ।

जी न्यूजलाई कारबाही गर्न भारतीय प्रेस काउन्सिललाई पत्र

नेपाल र यहाँका प्रधानमन्त्री केपी शर्मा ओलीबारे अतिरञ्जित र भ्रामक समाचार सामग्री बनाएर प्रसार गर्ने जि न्युजमाथि कारवाही गर्न आग्रहसहित नेपाल प्रेस काउन्सिलले भारतीय प्रेस काउन्सिललाई शुक्रबार पत्राचार गरेको छ।

नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले भारतीय प्रेस काउन्सिलका अध्यक्ष चन्द्रमौली कुमार प्रसादलाई परराष्ट्र मन्त्रालयमार्फत एक पत्र पठाउँदै जी न्युजमाथि कारवाही अघि बढाउन आग्रह गरेका हुन्।

कार्यवाहक अध्यक्ष श्रेष्ठले पत्रमा जी न्युजले पत्रकारिताको न्यूनतम् मूल्य मान्यताको पनि ख्याल नगरी प्रसारण गरेको उक्त सामग्रीले नेपालको सार्वभौमसत्तामै आक्रमण गरेको उल्लेख गरिएको छ।

‘नेपालका प्रधानमन्त्रीको चरित्रमाथि नै प्रश्‍न उठाउँदै नेपालबारे समेत जथाभावी टिप्पणीसहित प्रसारण गरिएको सामग्रीले नेपालको सार्वभौमसत्तामाथि पनि आक्रमण गरेको छ’, पत्रमा भनिएको छ, ‘त्यस सामग्रीले नेपालका प्रधानमन्त्रीको खिल्ली मात्रै नउडाइ यसले स्वतन्त्र राष्ट्रमाथि नै प्रहार गरेको छ।’

प्रेस काउन्सिलले चिनियाँ राजदूत होउ यान्छीसँग जोडेर चारित्रिक प्रश्‍न उठाउँदै बनाइएको सामाग्री कुनै पनि हिसाबमा समाचारको मूल्य मान्यता भित्र नपर्ने ठहर गरेको छ। ‘

काउन्सिलले नेपालबिरुद्ध जथाभावी बनाइएका सामग्रीकै कारण भारतीय समाचार टेलिभिजनमाथि प्रतिबन्ध लगाइएको पनि स्मरण गराएको छ। काउन्सिलले नेपाल-भारतबीच सदियौंदेखि राम्रो सम्बन्ध कायम रहेको बताउँदै तर यस सम्बन्धलाई भारतीय सञ्चारमाध्यमले बिगार्ने तर्फ लागेकाले गम्भीर हुन पनि भनिएको छ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ४ : ५५ बजे

ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने

नयाँदिल्ली– मध्यपूर्वमा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि भारतले

डोल्पामा बाढी : १० घरमा क्षति, नेपाली सेनाद्वारा उद्धार जारी

काठमाडौं– डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँस्थित धुलाखोला क्षेत्रमा आएको बाढीले ८

बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन

काठमाडौं– कृषि विभागले विभिन्न १८ जिल्लाका ५८ स्थानीय तहमा गुणस्तरीय

मालदिभ्सको पर्यटन क्षेत्रमा डाइभिङ व्यवसायको उछाल

माले– मालदिभ्सको पर्यटन क्षेत्रमा डाइभिङ व्यवसायको राजस्वमा उल्लेख्य वृद्धि भएको

अमेरिका स्थापनाको २५० वर्ष : देशैभर उत्सव, ट्रम्पले गरे साम्यवादको कडा आलोचना

वासिङ्टन – संयुक्त राज्य अमेरिकाले आफ्नो स्थापनाको २५० औँ वर्षगाँठ