७ वटै प्रदेशका तोकिएका प्रयोगशालामा शुल्क तिरेर कोरोना परीक्षण गर्न पाइने « Khabarhub

७ वटै प्रदेशका तोकिएका प्रयोगशालामा शुल्क तिरेर कोरोना परीक्षण गर्न पाइने


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो मापदण्ड भित्र नपर्ने व्यक्तिहरुसँग शुल्क लिएर कोरोना परीक्षण गराउने निर्णय गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मन्त्रालयको निर्देशिकाले तोकेकोभन्दा बाहेकका व्यक्तिहरुको कोरोना परीक्षणका लागि शुल्क लिन पाउने व्यवस्था गरेको हो ।

मन्त्रालयले हाल प्रयोगशालाहरुमा भइरहेका परीक्षणमा २५ प्रतिशतको शुल्क लिएर कोरोना परीक्षण गराउन पाउने व्यवस्था गरेको प्रवक्ता गौतमले जानकारी दिए ।

यस्तो व्यवस्था अनुसार शु्ल्क लिएर परीक्षण गर्न भने प्रत्येक प्रदेशका कम्तिमा एक प्रयोगशालाले मात्र पाउने छ ।

प्रवक्ता डा गौतमका अनुसार प्रदेश १ मा कोशी अस्पताल, प्रदेश २ मा नारायणी अस्पताल,गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान,प्रदेश ५ मा लुम्बिनी अस्पताल, कर्णाली प्रदेशमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेत र सुदूरपश्चिम प्रदेशमा प्रादेशिक प्रयोगशाला धनगढीले शुल्क लिएर कोरोना परीक्षण गर्न पाउने भएका हुन् ।

स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षणको शुल्क प्रतिव्यक्ति ५ हजार ५०० तोकेको छ ।

यसअघि काठमाडौं उपत्यकामा रहेका पाटन अस्पताल, वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालले शुल्क लिएर कोरोना परीक्षण गर्न अनुमति पाइसकेका छन् ।

नेपालमा कोराना परीक्षणको शुल्क सरकारले ब्यहोर्ने भनिएपछि परीक्षणको नयाँ निर्देशिका बनाइएको छ । उक्त निर्देशिकाले कोरोनाको लक्षण देखिएका व्यक्ति, फ्रन्टलाइनमा खटिएका स्वास्थ्य कर्मी र विदेशबाट आएर कोरोनाको लक्षण देखिएका व्यक्तिको मात्र कोरोना परीक्षण गर्नुपर्ने उल्लेख गरेको छ ।

तर कतिपय कार्यालय तथा विदेश जानुपर्ने व्यक्तिका लागि वा कोरोना परीक्षण गराउन चाहने व्यक्तिलाई भने शुल्क तिरेर मात्र कोरोना परीक्षण गराउनुपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ५ : ०८ बजे

युगाण्डाको राष्ट्रपतिमा मुसेभेनी सातौँ कार्यकालका लागि निर्वाचित

कम्पाला – युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनी सातौँ कार्यकालका लागि अनुमोदित

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका

सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो

सुदूरपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।