बाजुराको बुढीगंगामा भीषण बाढी : पुल बगायो, बस्ती जोखिममा(फोटो फिचर) « Khabarhub

बाजुराको बुढीगंगामा भीषण बाढी : पुल बगायो, बस्ती जोखिममा(फोटो फिचर)


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

बाजुरा- केही दिन यता परेको अविरल वर्षाका कारण मुलुकका विभिन्न जिल्लामा क्षति पुर्‍याएको छ ।

मौसमविदले नेपालमा फेरि मनसुन सक्रिय भएको र विभिन्न प्रदेशमा भारी बर्षा हुनसक्ने बताइरहेका बेला बाजुरामा बुढीगंगा नदीमा आएको बाढीले बेलिब्रिज र झोलुङ्गे पुल बगाएको छ ।

बाढीले बेलिबिज्र र झोलुङ्गे पुल बगाएपछि स्थानीयलाई आवतजावतमा कठिनाइ भएको छ ।

बाढीले साफे–मार्तडी सडक पर्ने जडाङ्गाको बेलिब्रिज बगाएको हो । बुढीगंगा नदीको बाढीले बाजुराका विभिन्न बस्ती जोखिममा परेका छन् ।

बाढीले घागर, भौनेरा, रापकलगायत तटीय क्षेत्रका बस्तीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

उद्धारका लागि प्रहरी टोली जान सकेको छैन । गएराति जिल्लाबाट खटिएको टोली बडिमालिका नगरपालिका–९ को पहिरोका कारण रोकिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

यसअघि गुइगाड खोलामा आएको बाढीसँगैको पहिरोले बुढीगंगा नदी थुनिँदा नदी किनाराका बस्ती जोखिममा परेका थिए ।

तस्वीर- उमेश बिष्टको फेसबुकबाट

 

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ९ : ३५ बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।