तनहुँमा समुदायस्तरमा कोरोना परीक्षण « Khabarhub

तनहुँमा समुदायस्तरमा कोरोना परीक्षण


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – समुदायस्तरमा कोरोना सङ्क्रमणको अवस्था पहिचान गर्न तनहुँका विभिन्न क्षेत्रका व्यक्तिको स्वाब संकलन शुरू गरिएको छ ।

बढी मानिसको भीडभाड हुने कार्यालय, सुरक्षाकर्मी, सवारी चालक, ग्यारेज वर्कसप, बैंक तथा वित्तीय संस्था, कपाल काट्ने नाईलगायतको परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले आइतबार प्राप्त रिपोर्टअनुसार ८१ जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।

‘समुदायस्तरमा कोरोना सङ्क्रमणको अवस्था के छ भन्ने पहिचान गर्न प्रतिनिधिमूलक रुपमा स्वाब सङ्लन गरेर परीक्षण गरेका थियौँ’, उनले भने, ‘सबैको रिपोर्ट नेगेटिभ आएको छ ।’

जिल्लामा कोरोना परीक्षणका लागि करिब चार हजारको स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गरिएको छ ।

भारतलगायत तेस्रो मुलुकबाट आएर क्वारेन्टिनमा बसेका र कोरोना सङ्क्रमित पुष्टि भएकाको सम्पर्कमा आएकासमेत गरी जिल्लामा तीन हजार ७६९ जनाको परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

तीमध्ये तीन हजार २७० पुरुष र ४९९ महिला रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । परीक्षण गरिएकामध्ये १८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ९ : ५३ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको