गोरू काटेर मासु खाएको अभियोगमा तनहुँमा तीन जना पक्राउ « Khabarhub

गोरू काटेर मासु खाएको अभियोगमा तनहुँमा तीन जना पक्राउ


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

तनहुँ – गोरु काटेर मासु खाएको अभियोगमा जिल्ला प्रहरी कार्यालय तनहुँले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका–१ बाख्रे बस्ने २२ वर्षीय मिलन नेपाली, सोही ठाउँका २२ वर्षीय विनोद थापा र ४५ वर्षीय विमलाल सुनार रहेका छन् ।

कास्कीको साविक लेखनाथ नगरपालिका–२ स्थायी घर भई हाले म्याग्दे–१ मान्द्रे बस्ने ६६ वर्षीय तर्कबहादुर कुमालले कृषि पेशाको लागि पाल्दै आएका दुई वटा गोरुमध्ये एउटा गोरु चोरेर काटेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

पक्राउ परेकासहित छ जनाले गोरु चोरी गरेर मासु बाँडीचुँडी खाएको खुलेपछि उनीहरूलाई आइतबार जिल्ला अदालतबाट चोरी तथा गोरु मार्न नहुने मुद्दामा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

फरार रहेका अन्य व्यक्तिको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले जानकारी दिए ।

‘गोठमा बाँधिराखेको गोरुको दाम्लो फुकाई चोरी गरी करिब आधा घण्टा पैदलदूरी एकान्तमा लगी काटेर मासु बाँडेर खाएको अनुसन्धानबाट खुलेको छ’, उनले भने, ‘गोरुको बाँकी अङ्ग सेफ्टीट्याङ्कीमा फाली घटना गुपचुप गराउन खोजिएको थियो ।’

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  १० : २२ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको