महामारीको बेवास्ता गर्दै बागमती प्रदेशका मन्त्री ढुंगेल, दर्जनौँ सहभागी कार्यक्रममा सरिक « Khabarhub

महामारीको बेवास्ता गर्दै बागमती प्रदेशका मन्त्री ढुंगेल, दर्जनौँ सहभागी कार्यक्रममा सरिक


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना भाइरसको महामारी बढ्दै गएपछि केन्द्र सरकारले भदौ १ देखि सञ्चालन गर्ने भनिएका कतिपय सेवालाई पनि तत्काल सुरू नगर्ने तयारी गरेको छ ।

महामारीबाट जोगिन समूहमा भेला नहुन, दूरी कायम गर्न, मास्क र स्यानिटाइजरको प्रयोग गर्न तथा बेलाबेलामा साबुन पानीले हात धुन सरकारले पटक/पटक आह्वान गरिरहेको छ ।

तर, बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल भने सरकारीस्तरबाटै भएका आह्वानलाई बेवास्ता गर्दै दर्जनौँ मानिस सहभागी कार्यक्रममा सरिक भएका छन् ।

सरकारले २५ जनाभन्दा बढी भेला भए कारबाही गर्ने तथा बिना मास्क हिड्ने सर्वसाधारणलाई जरिवानासमेत गरिरहँदा ढुंगेल भने दलबलका साथ गृह जिल्ला रामेछापमा एक सयभन्दा बढी मानिसहरू सहभागी भएका कार्यक्रममा सरिक भएका छन् । जहाँ उनले मास्क नै नलगाएको पाइएको छ ।

 

मास्क लगाउँदा पनि उनले च्यूडोतिर लगाएर सरकारी आह्वान र महामारीको बेवास्ता गरेको पाइएको छ ।

शनिबार रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर ६ को निर्माणाधिन बुद्धको प्रतिमा र शिवको मूर्तिमा धर्मगुरूले प्राण प्रतिष्ठा भर्ने कार्यक्रममा सरिक भएका ढुंगेलले महामारीबाट जोगिनबारे गरिएका आह्वानको सामान्य पालनासमेत नगरेको पाइएको हो ।

 

शनिबार नै उनले खाँडादेवी गाउँपालिकाको गाल्पामा निर्माण गर्न लागिएको कभर्डहलको पनि शिलान्यास गरेका छन् ।

उक्त कार्यक्रममा सरिक भएका उनलाई एकसय भन्दा बढीले स्वागत गरेका थिए । उनको स्वागतार्थ उपस्थित भएकाहरूले मास्क प्रयोग गरे पनि ढुंगेलले भने मास्क च्यूडोतिर लगाएका थिए ।

ढुंगेलले शिलान्यास गरेसँगै बागमती प्रदेश सरकारबाट विनियोजित १ करोड १० लाख रुपैयाँमा कर्भड हल निर्माणको काम शुरू भएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ११ : ११ बजे

गृहमन्त्रीमाथि पद्माको आरोप : लोकतान्त्रिक मूल्य-मान्यताको खिल्ली उडाए

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको

लिथुआनियामा नेटोले ड्रोन खसाल्यो

एजेन्सी– रुस–युक्रेन युद्धका क्रममा नेटोको पूर्वी क्षेत्रमा सुरक्षा तनाव बढिरहेका

पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदारमा भायानेट

काठमाडौं– भायानेट कम्युनिकेसन्सले नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय पब्जी मोबाइल

उडान रद्ददेखि ब्यागेज हराउनेसम्म यात्रुको क्षतिपूर्ति कानुनमै सुनिश्चित गरिने

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले उडान