मेडिसिटी हस्पिटल भैँसेपाटीमा कोरोना संक्रमित पुरूषको मृत्यु « Khabarhub

मेडिसिटी हस्पिटल भैँसेपाटीमा कोरोना संक्रमित पुरूषको मृत्यु


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाल मेडिसिटी हस्पिटल भैँसेपाटीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

काठमाडौँको कलंकीका ६४ वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर खगेश्वर गेलालले जानकारी दिए ।

‘मेडिसिटी हस्पिटलमा एकजना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ,’ डा.गेलालले भने, ‘उहाँ कलंकी ट्याक्लाफाँट निवासी ६४ वर्षका पुरुष हुन् ।’

निमोनिया भएर गत साउन १९ गते मेडिसिटी हस्पिटलमा भर्ना भएका उनको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको डा.गोलालले जानकारी दिए ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  १ : ५२ बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा