आईपीएल यूएईमा गर्न भारतले दियो अनुमति ! « Khabarhub

आईपीएल यूएईमा गर्न भारतले दियो अनुमति !


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन्डिया (बीसीसीआई) ले युनाइटेड अरब इमिरेट्स (यूएई) मा इन्डियन प्रिमियर लिग (आईपीएल) आयोजना गर्न अनुमति पाएको छ ।

इएसपीएन क्रिकइन्फोले आईपीएल गर्भनिङ काउन्सिल अध्यक्ष ब्रिजेस पटेललाई उद्धृत गर्दै भारत सरकारबाट आईपीएल आयोजनाका लागि अनुमति प्राप्त भएको जनाएको छ ।

भारत सरकारको अफिसियल पत्र प्राप्त नभएसम्म आईपीएलले इमिरेट्स क्रिकेट बोर्डसँग आधिकारिक सम्झौता समेत गरेको थिएन ।

यद्यपि सरकारले अनुमति दिएको बताइए पनि मिति भने खुलाइएको छैन । तर, आगामि हप्ताभित्र सरकारको अनुमति पत्र पाइसक्ने ईएसपीएनले जनाएको छ ।

यति भएपछि अब आईपीएल युएईमा गर्ने गरि बीसीसीआई तयारीमा जुट्ने समाचारमा उल्लेख गरिएको छ ।

यस वर्षको आईपीएल आउँदो १९ सेप्टेम्बरदेखि सुरु हुनेछ । आईपीएल हुने तयारी भएपनि केही दिनि अगाडिमात्रै टाइटल स्पोन्सर भिभो र आईपीएलबीचको आपसी समझदारीमा सम्भौता रद्ध भएको छ ।

अब यो संस्करणमा आईपीएलले प्रायोजक पनि नयाँ खोज्नेछ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ८ : ०६ बजे

वधशाला र मासु पसलमा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु पसललाई

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर,  अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो

खाने तेल व्यवसायीको माग- भन्सार दर घटाऔँ

काठमाडौं- भारतले सुर्यमुखी तेलको भन्सार दर करिब ११ प्रतिशत घटाएपछि

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

काभ्रेपलाञ्चोक– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हामी आउँदैछौँ’ भन्ने

कांग्रेस महाधिवेशन : मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा पदाधिकारी र सदस्य पदका