देउवाद्वारा पुनः पाँच विभागमा मनोनयन (सूचीसहित) « Khabarhub

देउवाद्वारा पुनः पाँच विभागमा मनोनयन (सूचीसहित)


२६ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार थप पाँच विभागमा सदस्य मनोनयन गरेका छन् ।

देउवाले पछिल्लोपटक उद्योग व्यापार, आदिवासी जनजाति, जनसम्पर्क समिति, श्रमिक तथा ट्रेड युनियन, राज्य प्रशासन विभागमा १ सय ६६ जना सदस्य मनोनय गरेको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।

देउवाले आइतबार राति ११ बजे १० वटा विभागमा ३ सय ९४ सदस्य मनोनयन गरेका थिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाधिवेशनलाई प्रभावित पार्नेगरी विभागहरुमा मनोनयन गर्ने क्रम गरिएको भन्दै विरोध जनाराइँरहदा सभापति देउवाले धमाधम मनोनयन गरिरहेका छन् ।

सभापति देउवाले संगठन विभागको उपप्रमुखमा चितवनका पृथ्वीमान गुरुङ, स्थानीय तथा समन्वय विभागमा जुम्लाका हरिकृष्ण हमाल र वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा स्याङ्जाका केशवराज लम्लाललाई मनोनयन गरेको मुख्यसिचव पौडेलले जानकारी दिए ।

 

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार  ८ : २९ बजे

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९