विश्वमा कोरोना : २ करोड ८० लाख संक्रमित, ९ लाख ७ हजारको मृत्यु « Khabarhub

विश्वमा कोरोना : २ करोड ८० लाख संक्रमित, ९ लाख ७ हजारको मृत्यु


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर २ करोड ८० लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ८६ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ८० लाख १४ हजार ५२८ पुगेको हो ।

यस्तै एकै दिन थप ६ हजार १९९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ७ हजार २७६ पुगेको छ ।

एकै दिन २ लाख ६९ हजार ८३७ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका बिहीबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड ९१ हजार ५२३ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७१ प्रतिशत हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ११ हजार १४९ जनाको मृत्यु भएको छ । ३९ लाख ८ हजार ६०८ जना संक्रमित भएकोमा २१ लाख ९८ हजार १४० जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ८३ हजार ८४९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७७ लाख ८४ हजार ९६८ पुगेको छ । त्यसमध्ये ४६ लाख ९९ हजार ६४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ५७ हजार २१६ जनाको मृत्यु भएको छ । ८१ लाख ५०२ जना संक्रमित भएकोमा ६५ लाख ४० हजार ३६८ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख २२ हजार २७३ जनाको मृत्यु भएको छ । ६८ लाख ६१ हजार ८५७ जना संक्रमित भएकोमा ५५ लाख ६४ हजार ३३६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३१ हजार ९६२ जनाको ज्यान गएको छ भने १३ लाख २८ हजार २६३ संक्रमित छन् । संक्रमितमध्ये १० लाख ६३ हजार ६५३ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ८१२ जनाको मृत्यु भएको छ । २९ हजार ६०९ जना संक्रमित भएकोमा २५ हजार ३१२ जना संक्रमणमुक्त भएका छन् ।

 

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ६ : ३५ बजे

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा

नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको