कुवेतमा अबैध मदिरा कारोबार गर्ने ८ नेपाली पक्राउ « Khabarhub

कुवेतमा अबैध मदिरा कारोबार गर्ने ८ नेपाली पक्राउ



दोहा- कुवेतको महाबुल्लामा अबैध घरेलु मदिरा उत्पादन गरेर बेच्ने ८ नेपाली पक्रउ परेका छन् ।

कुवेतका सुरक्षा महानिर्देशक मेजर जनरल सालेह मतार र उनका सहायक जनरल वालिद अल शेहबको नेतृत्वमा अहमदी सुरक्षाकर्मीहरुले महाबुल्लाको तीन वटा अपार्टमेन्टमा छापा मार्दा ८ नेपाली पक्राउ परेका हुन् ।

सो क्रममा ठूलो परिमाणमा बिक्रीका लागि तयारी अवस्थामा राखिएका मदिराका बोतलहरु तथा मदिरा उत्पादन गर्ने उपकरणसमेत बरामद गरिएको कुवेत प्रहरीले जनाएको छ ।

बरामद गरिएको मदिरा नगरपालिकाको समन्वयमा नस्ट गरिदै आएको छ ।

दुई दिनअघि मात्र जाबृया भन्ने ठाउँबाट मदिरा उत्पादन केन्द्र सन्चालन गर्ने दुई महिलासहित चार जनालाई कुवेत प्रहरीले नियन्त्रणमा लिएको थियो । कुवेतमा मदिरा बिक्री वितरण अबैधानिक मानिन्छ ।

 

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ७ : ०४ बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री