पोखराका १९ सहित गण्डकीमा थप ४९ जनामा कोरोना भाइरसको संक्रमण « Khabarhub

पोखराका १९ सहित गण्डकीमा थप ४९ जनामा कोरोना भाइरसको संक्रमण


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कास्कीको पोखराका १९ जनासहित गण्डकी प्रदेशका ६ जिल्लामा थप ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा २ जना पोखराको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र २ जना नेपाली प्रहरी रहेको जनाइएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज जारी गरेको विज्ञप्ति अनुसार कास्कीका १९, स्याङ्जाका १२, बागलुङका ९, नवलपरासी(बर्दघाट सुस्ता पूर्व)का ५ जना, तनहुँका ३ र पर्बतका १ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेहरूमा पोखरा महानगरपालिका विभिन्न ६ वडाका १० पुरूष र ९ महिला छन् । उनीहरू ९ वर्षका बालदेखि ५९ वर्षसम्मका छन् ।

यस्तै स्याङ्जाको पुतलीबजारका ७ पुरूष र ५ महिलामा पनि संक्रमण पुष्टि भएको छ । उनीहरू २६ देखि ५५ वर्षसम्मका छन् ।

बागलुङको बरेङका ७ जना तथा जमैनी र गल्कोटका एक/एक जनामा संक्रमण भएको छ । संक्रमित हुनेमा ८ वर्षका वालकदेखि ५९ वर्षका बृद्धसम्म छन् ।

नवलपरासी(बर्दघाट सुस्ता पूर्व)कावासोतीका ४ जना र देबचुलीका एक जनामा पनि संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए ।

तनहुँको भिमादका ३ जना पुरूष र पर्बतका १ जना पुरूषमा पनि संक्रमण पुष्टि भएको छ ।

 

 

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ८ : २८ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको