विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) को रेकर्डले भनेको छ- कोरोनो भाइरसको असर भारत विश्वको दोस्रो श्रेणीमा छ र महामारीको चपेटामा छ ।
भारतीय विज्ञहरूले भने डब्ल्युएचओको भनाइ खण्डन गरिसकेका छन् । भारतका सरुवा रोग विशेषज्ञ डा. तरुण कोठारीले भनेका छन्, ‘कोरोना लागेर ज्यान जाँदैन । यो सामान्य भाइरस हो । म आफैँ संक्रमित भएँ, न म मृत्युको मुखमा पुगेँ न कष्ट भोगेँ, न अरू कोही यसबाट मरेका छन् ।
उनले हाँक पनि दिएका छन्- यदि कोही व्यक्तिको मृत्यु कोरोनाबाटै भएको हो भनेर कसैले प्रमाणित गर्छ भने म पुरस्कार दिनेछु ।
उनले यसो भनेपछि साउनमा धेरै भारतीय नागरिकहरूले फोन गरेर उनलाई सकारात्मक सन्देशका लागि बधाई दिए । अर्का भारतीय विद्वान डा. के के अग्रवालले पनि कोरोना भाइरसलाई प्रोपोगाण्डा बनाएको र पिसिआर जाँचमा कुनै विश्वसनीयता नभएको बताएका छन् । पद्मश्री पुरस्कारबाट विभूषित डा. अग्रवालले हरेक अन्तर्वार्तामा डब्लुएचओका अनुसन्धान र रिपोर्टहरूमा प्रश्न तेस्र्याउँदै कोरोना भाइरस महामारी होइन भन्ने जिकिर गर्ने गरेका छन् ।
गत साता, स्वीट्जरल्याण्डको जुरिच शहरमा डब्ल्युएचओविरुद्ध बुद्धिजीवी, विद्यार्थी, प्राध्यापक, व्यापारीलगायत हजारौँको निस्कियो । डब्ल्युएचओको मुख्यालय स्वीट्जरल्याण्डकै जेनेभामा छ ।
नेपालसँग खुला सीमाना भएको विशाल छिमेकी मुलुक हो भारत । यसको सोझो प्रभाव नेपालमा पर्छ । पछिल्लोपटक डब्ल्युएचओमाथि विश्वभरबाट अनेक प्रश्नहरू ओइरिएका छन् । अति विकसितदेखि अतिकम विकसित देशहरूका नागरिकले डब्ल्युएचओले जारी गर्ने कोभिड–१९ का रिपोर्टमा शंका गर्ने गरेका छन् ।
किन उब्जियो डब्ल्युएचओमाथि शंका ?
डब्ल्युएचओले विश्वको स्वास्थ्य क्षेत्रको बारेमा अनुसन्धान, समाधान, सूचना प्रवाह र सहयोगका कार्यक्रम चलाउँदै आएको छ । विकसित देशबाट लिने आर्थिक सहयोगबाट अतिकम विकसित देशमा यो सङ्गठनले मद्दत गर्छ ।
अमेरिकी प्रशासनले डब्लुएचओलाई दिँदै आएको सहयोग हालै बन्द गरिदिएको छ । डब्ल्युएचओले गलत काम गरेको र झुठो विवरण सार्वजनिक आरोप अमेरिकाले लगाएको छ । अन्य ४५ वटा मुलुकले पनि डब्ल्युएचओमाथि माथि प्रश्न तेस्र्याउँदै यसका सूचना र आदेश नमान्ने घोषणा गरेका छन् ।
विश्वका विभिन्न संस्थाका अनुसन्धान अनुसार कोभिड–१९ बाट मृत्युको आँकडा अन्य रोगको तुलनामा नगन्य छ । संक्रमण फैलिए पनि यसबाट मृत्यु हुनेमा कुनै सत्यता नभएको उनीहरूको ठहर छ । द वल्र्ड इकोनोमी फोरमको १६ मे २०२० को अनलाइन संस्करणमा प्रकाशित विवरणअनुसार हरेक दिन मुटुको रोगबाट विश्वमा ४८ हजार ७४२ जनाको मृत्यु हुनेगर्छ । यो विषयमा डब्ल्युएचओ बोल्दैन ।
क्यान्सरबाट हरेक दिन २६ हजार १८१ को मृत्यु हुने गरेको छ । डब्लुएचओ चुपचाप छ ।
सन् २०१७ सम्मको एक तथ्यांकअनुसार विश्वमा हरेक दिन करिब १ लाख ५० हजार मानिस विभिन्न रोग लागेर मर्छन् । सन् २०२० को मध्यसम्ममा अझै यो संख्या बढेको देखिन्छ । अहिले अन्य रोगबाट मृत्यु भएका विवरण डब्ल्युएचओले बाहिर ल्याउँदैन । कोरोनाबाट मृत्यु भएका भनिएका विवरण ल्याएर डब्ल्युएचओले संसारभरका मानिसमा मनोवैज्ञानिक त्रास थपिदिएको आरोप लाग्दै आएको छ ।
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी मृत्यु कोरोना भाइरससँग जोडियो । उनको मृत्युको मुख्य कारण कोरोना नभएको मेडिकल रिपोर्टमा स्पष्ट छ । ८२ वर्षीय मुखर्जी पछिल्लो १४ वर्षदेखि फोक्सोको उच्च जोखिमको रोगबाट पीडित थिए । विगत ३ वर्षदेखि नियमित उपचारमा थिए । पछिल्लोपटक अस्पताल भर्ना भएपछि उनलाई केही निको पनि भयो । यसैबीच उनको टाउकाको शल्यक्रिया गरिएको थियो । उपचारकै क्रममा उनी कोरोना पोजेटिभ भएका थिए ।
अझ अघि बढेर उहाँले ‘कोरोना सामान्य रुघाखोकी हो, हाच्छ्युँ साच्छ्युँ गरिदिने, बेसार पानी खाने, निको हुन्छ’ भन्नुभएको थियो ।
अस्पतालका सबै मेडिकल रिपोर्टअनुसार उनको मृत्यु फोक्सोको पुरानो रोगबाट भएको थियो । कोरोना भाइरस संसारमा नभएको भए उनको मृत्यु फोक्सोको रोगले भएको भनिन्थ्यो होला । अहिले जुन रोगले मरेको भए पनि कोरोना पोजेटिभ भए कोरोनाले नै मरेको मान्नुपर्ने डब्ल्युएचओको निर्देशन छ ।
डब्ल्युएचओका करिब २० हजार कर्मचारी र स्वंयसेवक संसारभरका सबै देशका सबै मुख्य मुख्य अस्पतालमा खटिएका छन् । यी सबै कर्मचारीको काम मुख्यालयबाट आउने निर्देशनलाई सम्बन्धित देशमा पुर्याउनु र एकद्वार प्रणालीमार्फत मुख्यालयको निर्देशनअनुसार रिपोर्ट तयार पार्नु हो । नेपालमा पनि डब्ल्युएचओको कार्यालय छ ।
किन यसो गर्दैछ डब्ल्युएचओ ?
डब्ल्युएचओ महानिर्देशक टेड्रोस एडहानोम व्यापारीको चङ्गुलमा परेको भन्ने खबरहरू अन्तर्राष्ट्रिय समाचार पोर्टलहरूमा सार्वजनिक भइसकेका छन् । टेड्रोस इथियोपियाका हुन् । उनी ७ वर्ष स्वास्थ्यमन्त्री र परराष्ट्रमन्त्री बनेका थिए । उनी इथियोपियाका असफल मन्त्री हुन् भन्ने विवरण त्यहाँकै सञ्चारमाध्यहरूममा आएका थिए । उनले मे महिनामा आफूलाई मार्न खोजिएको भनेर चिन्ता पनि प्रकट गरेका थिए ।
संसारका केही शक्तिशाली व्यापारीले पिसिआर टेष्ट, सामाजिक दूरी र अब आउने भ्याक्सिनका नाममा खर्बौं डलर कमाउन मानिसहरूलाई मनोवैज्ञानिकरूपमा त्रसित बनाउने खेल हो भनेर युरोपका शहरहरूमा अहिले नारा लागिरहेको छ । यसको पुष्टि पछिल्लोपटक इटली लगायतका मुलुकले गरिसकेका छन् ।
अहिले युरोपभरि, कोरोना भाइरस भ्रममात्र हो भन्दै लाखौँ मानिसहरू डब्ल्युएचओविरुद्ध दिनहुँ सडकमा उत्रिएका छन् । एक महिनामा ४५ वटा मुलुकले विश्व स्वास्थ्य सङ्गठनसँग सम्बन्धविच्छेद गरिसकेका छन् ।
इटलीमा डब्ल्युएचओले कोरोनाको कारणले मृत्यु भए भनिएका ९९ प्रतिशत बिरामीको रिपोर्ट गलत भएको भर्खरै त्यहाँका आधिकारिक मेडिकल संस्थाहरूले सार्वजनिक गरेका छन् । अहिले युरोपभरि, कोरोना भाइरस भ्रममात्र हो भन्दै लाखौँ मानिसहरू डब्ल्युएचओविरुद्ध दिनहुँ सडकमा उत्रिएका छन् । एक महिनामा ४५ वटा मुलुकले विश्व स्वास्थ्य सङ्गठनसँग सम्बन्धविच्छेद गरिसकेका छन् । यस्तो पहिलो देश अमेरिका हो ।
विश्वका धनाढ्य, सेलिब्रेटी र उच्च राजनीति व्यक्तिलाई कोरोना लागेको प्रचार गरिदिने खेल डब्ल्युएचओले रचेको भन्ने आरोप पनि लाग्न थालेको छ । उपल्लोस्तरको व्यक्तिको कोरोना पोजेटिभको रिपोर्टले सर्वसाधारणमा त्रास उत्पन्न गराएको छ ।
अहिले युरोपभरि पिसिआर जाँच, माक्स प्रयोग, स्यानिटाइजर लगायतका भ्रमबाट मुक्त हुन आह्वान गर्दै दिनहुँ जुलुसहरू भइरहेका छन् । स्यानिटाइजरको नियमित प्रयोग हानिकारक हुने चेतावनी मेडिकल साइन्सले नै दिएको छ । माक्स प्रयोगले शरीरमा अक्सिजनको मात्रा कम हुन्छ भनिएको छ ।
यहाँ प्रश्न उठ्छ, प्रधनामन्त्री आफ्नो यो अभिव्यक्तिमा यथावत अडानमा हुनुहुन्छ कि कि पछि हट्नुभयो ?
गत साता, स्वीट्जरल्याण्डको जुरिच शहरमा डब्ल्युएचओविरुद्ध बुद्धिजीवी, विद्यार्थी, प्राध्यापक, व्यापारीलगायत हजारौँको निस्कियो । डब्ल्युएचओको मुख्यालय स्वीट्जरल्याण्डकै जेनेभामा छ ।
हाम्रो लकडाउन कति व्यावहारिक ?
हाम्रो अदूरदर्शीताका कारण इतिहासदेखि वर्तमानसम्म कति अल्झियौँ ! कति समस्या बल्झायौँ । हामीमा अझै अन्योल कायमै छ । सबै नेता दूरदर्शी नहोलान् तर कोही न कोही त अगाडि आउनै पर्नेछ ।
कोरोना संक्रमणमा सुरुमा जबर्जस्ती आरडिटी गराइयो । चौतर्फी विरोध भएपछि त्यो बन्द भयो । अहिले पिसिआर जाँचको अनिवार्यता खारेज हुनुपर्छ भन्ने माग उठेको छ । यसको च्याप्टर पनि एक दिन बन्द हुनेछ । सुरुमा विश्वभरि लकडाउन लगाइयो । त्यो पनि हट्दै गयो । माक्स र स्यानिटाइजरलाई रक्षाकवच ठानिएको छ । यता डब्ल्युएचओमाथि नै अविश्वास बढ्दो छ ।
नेपालमा गत चैत ११ गते लकडाउन सुरु भएपछि जनता अन्यौलमा परे । विभिन्न अनुसन्धान, अध्ययन र सूचनाका आधारमा धेरै नागरिक र नेपालका जानकारहरूले पनि लकडाउनको औचित्यमाथि प्रश्न उठाएका थिए ।
विरोध बढ्दै गएपछि लकडाउन त खोलियो तर जिल्ला प्रशासनमार्फत निषेधाज्ञाका नाममा झन् कडाइ गरियो । लकडाउन र पिसिआर परीक्षण भइरहेको छ तर संक्रमण घटेको छैन, झन् बढ्दो छ ।
धेरैलाई याद होला, प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बोल्दै ‘नेपालमा कोरोनाले कोही मरेको छैन, अरू रोग लागेका बिरामीको मृत्यु भए पनि डब्ल्युएचओको मापदण्डअनुसार कोरोनाले मृत्यु भएको भन्नु परेको हो’ भन्दै असन्तुष्टि जनाउनु भएको थियो । अझ अघि बढेर उहाँले ‘कोरोना सामान्य रुघाखोकी हो, हाच्छ्युँ साच्छ्युँ गरिदिने, बेसार पानी खाने, निको हुन्छ’ भन्नुभएको थियो ।
यहाँ प्रश्न उठ्छ, प्रधनामन्त्री आफ्नो यो अभिव्यक्तिमा यथावत अडानमा हुनुहुन्छ कि कि पछि हट्नुभयो ?
डब्ल्युएचओको कामप्रति प्रश्न उठ्ने आधारहरू धेरै देखिएका छन् । अब पनि हामीले कोरोनालाई महामारीकै रूपमा बुझ्यौँ भने आत्मघाती हुनेछ भन्नेको संख्या कम छैन ।
गलत सूचना दिने अधिकार कसैलाई छैन । अस्पतालमा छट्पटाएका बिरामीसँग कसैले मजाक गर्छ भने त्यो भन्दा तुच्छ व्यवहार अर्को हुँदैन । बिरामीको उपचारअघि कोरोना परीक्षणको रिपोर्ट कुर्दा कुर्दै कतिको ज्यान गएको छ । सुत्केरी हुन आएकी गर्भवतीसमेत अस्पताल चहार्दा चहार्दै मर्नुपर्ने अवस्था आयो । निराशाका कारण आत्महत्या ह्वात्तै बढेको छ ।
डब्ल्युएचओको कामप्रति प्रश्न उठ्ने आधारहरू धेरै देखिएका छन् । अब पनि हामीले कोरोनालाई महामारीकै रूपमा बुझ्यौँ भने आत्मघाती हुनेछ भन्नेको संख्या कम छैन । धेरै जानकारहरूले बोलिसकेका छन् । कोरोना भाइरस संक्रमणलाई महामारी भन्नुपर्ने र यति आतंकित बनाउनु पर्ने कारण के हो भनेर विश्वभर प्रश्न उठेको छ ।
नेपालमा पनि कोरोना पोजिटिभ देखिएको बिरामी कोरानाकै कारणले मरेको हो भनेर सम्बद्ध सरकारी निकायले नै भन्न सकेको छैन । भन्नुको कारण चाहिँ डब्ल्युएचओको मापदण्ड नै हो ।
अमेरिकामा त्यहाँको रोग नियन्त्रण केन्द्रले कोरोनाबाट जे जतिको मृत्यु भएको भनियो, सबैको रिपोर्टमा शंका गर्ने धेरै आधार भएकोले कोरोनाबाटै मृत्यु भएको भन्न नसकिने ठहर गरेको छ ।
बेलायतले पनि प्रचारमा आएजस्तो कोरोनाबाट मृत्यु भएको भनिएको संख्यामा विश्वास गर्न नसकिने बताइसकेको छ । यसले गर्दा कतै डब्ल्युएचओ मेडिकल माफियाहरूको चङ्गुलमा परेको त होइन भन्ने प्रश्न उठेको छ ।
लामो लकडाउनले अर्थतन्त्र ध्वस्त हुन थालेको छ । बेरोजगारी अत्यासलाग्दो ढङ्गले बढेको छ । कोरोनाको डरले भारतबाट फर्केका नेपालीहरू फेरि उतै जान थालेका छन् । दैनिक काम गरेर छाक टार्नेहरू थाल थापेर खानुपर्ने अवस्थामा पुगेका छन् । व्यवसाय चौपट भइसकेको छ । यसका प्रमाण खोज्न कहीँ जानु पर्दैन । टुँडिखेलका भोका पेटहरू नियाल्दा प्रष्ट हुन्छ ।
सरकारले लकडाउनमात्र उपाय देख्यो । कोरोना भाइरसको संक्रमण नियन्त्रण र उपचारका सन्दर्भमा सरकार नालायक सावित भइसकेको छ । अगाडि के गर्छ, हेर्दै जानु छ ।
प्रतिक्रिया