खानामा कपाल भेटिएपछि हंगामा « Khabarhub

खानामा कपाल भेटिएपछि हंगामा


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धेरै मानिस सन्की स्वभावका हुन्छन् । उनीहरुले हतारमा निर्णय गर्छन र फुर्सदमा पछुताउँछन् । बंगलादेशमा एक पतिले खानेकुरामा कपाल भेटेपछि पत्नीको टाउको जबर्जस्ती मुण्ड्याइदिएका छन् ।

बब्लु मोण्डल नामक ती पतिलाई उत्तरपश्चिमी जिल्ला जोयपुरहाटबाट प्रहरीले पक्राउ गरेको छ । गाउँलेहरूले घटनाको जानकारी दिएपछि प्रहरीले मोण्डललाई पक्राउ गरेको हो ।

‘पत्नीले बिहान पतिलाई दूधभात खान दिएकी थिइन् अनि त्यसमा उनले कपाल भेटे,’ स्थानीय प्रहरी प्रमुख शहरियार खानले बताए ।

‘कपाल देखेपछि उनी रिसाए र पत्नीलाई दोष दिए । त्यसपछि उनले बिलेड लिए अनि जबर्जस्ती पत्नीको कपाल मुण्ड्याइदिए,’ उनले जानकारी दिए ।

मोण्डललाई जानाजान गम्भीर पीडा दिएको आरोप लगाइएको छ । दोषी साबित भएमा उनलाई अधिकतम १४ वर्षको कारावास सजाय दिइनेछ । उनीमाथि पत्नीको इज्जतमाथि प्रहार गरेको आरोप पनि छ ।

अधिकारकर्मीहरूले बंगलादेशमा महिलाविरुद्धको दमनको घटना बढिरहेको बताएका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ३ : ०६ बजे

माथिल्लो त्रिशूली-३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर

काठमाडौँ – भोटेकोशी बाढीका कारण क्षतिग्रस्त ६० मेगावाट क्षमताको माथिल्लो

भोटेकोशी बाढी: पाँच हजार ३८४ को उपचार, अझै पाँच हजार ८३ जना सम्पर्कविहीन

काठमाडौँ – भोटेकोशीमा आएको भीषण बाढीका प्रभावितमध्ये हालसम्म ५ हजार

बिपी राजमार्गमा ग्यास बुलेट र ठूला गाडीलाई सुरक्षाकर्मीको निगरानीमा छाडिने

काभ्रे– केही दिनअघिको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक अवरुद्ध भएपछि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौँ – वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान्