ढोरपाटनको बाढीमा बेपत्ता २१ को शव भेटियो « Khabarhub

ढोरपाटनको बाढीमा बेपत्ता २१ को शव भेटियो


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- ढोरपाटनको भुजिखोलामा आएको बाढी र पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २१ पुगेको छ । गत भदौ १७ गते राति पहिरोसँगै आएको बाढीमा परेका १७ जना अझै बेपत्ता भएका छन् ।

बेपत्ता भएकाहरुको खोजिकार्य जारी छ । बुधबारमात्रै एक महिला र एक पुरुषको शव बडिगाड गाउँपालिका-६ स्थित बडिगाड खोलामा फेला परेको ईलाका प्रहरी कार्यालय वुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए । दुवै शवको सनाखत हुन सकेको छैन । शवलाई बुर्तिवाङस्थित बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

मंगलबार पनि दुई जना महिलाको बडिगाड खोलामा शव फेला परेको थियो । बडिगाड गाउँपालिका ६ र ७ नम्बर वडाको बडिगाड खोला किनारमा २५ वर्षीया कुमारी विक र २५ वर्षीया चनी विकको शव फेला परेको प्रहरी निरिक्षक भण्डरीले बताए ।

१९ जनाको शव पहिचान पश्चात परिवारलाई जिम्मा लगाएर अन्त्येष्टि गरिसकिएको छ । अधिकांश शव बाढीले बगाएको गाउँभन्दा धेरै तल क्षतविक्षत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । आफन्त र प्रहरीले बेपत्ताको खोजी कार्यलाई तीव्र बनाएका छन् ।

भूजिखोलामा आएको बाढीले ढोरपाटनका ८० घर बगाएको थियो । बाढीले भूजीखोलामा पर्ने ११ वटा विद्युत गृह र नहर बगाउँदा ढोरपाटनका तीन वडा अन्धकार बनेका छन् । बाढीले बुर्तिबाङ–ढोरपाटन सडकसमेत बगाएर यातायात अवरूद्द हुँदा राहत वितरणमा कठिनाइ भएको छ ।

यस्तै बाढीले ढोरपाटन–९ स्थित लाकुरीबोट स्वास्थ्य चौकीको भवन, जनचेतना प्राविको चारकोठे भवन, सरस्वती प्राविको दुईकोठे भवन, भुजीखोला लघु जलविद्युत आयोजनाका पाँचवटा शाखामध्ये चारवटा भवन, सडक छेउमा पार्किङ गरेर राखेको जिपसमेत बगाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  १० : २६ बजे

हात्तीपाइलेविरुद्धको दशदिने औषधि सेवन अभियान

खजुरा– जिल्लामा १६औँ पटक हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान सुरु भएको

एमाले स्याङ्जाले बनायो गैरेको नेतृत्वमा निर्वाचन परिचालन कमिटी

काठमाडौं– नेकपा (एमाले) स्याङ्जाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

मकवानपुरका ग्रामीण क्षेत्रमा चुनावी चहलपहल

बाग्मती– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिर उठाउन नसकेका शेरबहादुर !

बीपीले देश दौडाहामा शेरबहादुर देउवालाई सर्वत्र लिएर जान थालेपछि समकालीन

बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह