ढोरपाटनको बाढीमा बेपत्ता २१ को शव भेटियो « Khabarhub

ढोरपाटनको बाढीमा बेपत्ता २१ को शव भेटियो


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- ढोरपाटनको भुजिखोलामा आएको बाढी र पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २१ पुगेको छ । गत भदौ १७ गते राति पहिरोसँगै आएको बाढीमा परेका १७ जना अझै बेपत्ता भएका छन् ।

बेपत्ता भएकाहरुको खोजिकार्य जारी छ । बुधबारमात्रै एक महिला र एक पुरुषको शव बडिगाड गाउँपालिका-६ स्थित बडिगाड खोलामा फेला परेको ईलाका प्रहरी कार्यालय वुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए । दुवै शवको सनाखत हुन सकेको छैन । शवलाई बुर्तिवाङस्थित बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

मंगलबार पनि दुई जना महिलाको बडिगाड खोलामा शव फेला परेको थियो । बडिगाड गाउँपालिका ६ र ७ नम्बर वडाको बडिगाड खोला किनारमा २५ वर्षीया कुमारी विक र २५ वर्षीया चनी विकको शव फेला परेको प्रहरी निरिक्षक भण्डरीले बताए ।

१९ जनाको शव पहिचान पश्चात परिवारलाई जिम्मा लगाएर अन्त्येष्टि गरिसकिएको छ । अधिकांश शव बाढीले बगाएको गाउँभन्दा धेरै तल क्षतविक्षत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । आफन्त र प्रहरीले बेपत्ताको खोजी कार्यलाई तीव्र बनाएका छन् ।

भूजिखोलामा आएको बाढीले ढोरपाटनका ८० घर बगाएको थियो । बाढीले भूजीखोलामा पर्ने ११ वटा विद्युत गृह र नहर बगाउँदा ढोरपाटनका तीन वडा अन्धकार बनेका छन् । बाढीले बुर्तिबाङ–ढोरपाटन सडकसमेत बगाएर यातायात अवरूद्द हुँदा राहत वितरणमा कठिनाइ भएको छ ।

यस्तै बाढीले ढोरपाटन–९ स्थित लाकुरीबोट स्वास्थ्य चौकीको भवन, जनचेतना प्राविको चारकोठे भवन, सरस्वती प्राविको दुईकोठे भवन, भुजीखोला लघु जलविद्युत आयोजनाका पाँचवटा शाखामध्ये चारवटा भवन, सडक छेउमा पार्किङ गरेर राखेको जिपसमेत बगाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  १० : २६ बजे

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको