क्रिकेटरले पाए २०१९ को तलब, प्रशिक्षक टमटाको बाँकी « Khabarhub

क्रिकेटरले पाए २०१९ को तलब, प्रशिक्षक टमटाको बाँकी


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टीमका २२ जना खेलाडी र १ टेक्निकल एनालिसिष्टले सन् २०१९ को तलब पाएका छन्। अघिल्लो हप्ता आईसीसीले क्यानको खातामा पैसा पठाएपछि क्यानले बुधबार खेलाडीको खातामा पैसा जम्मा गरेको हो।

यसपटकको तलब पहिलेकोभन्दा १० हजार रुपैयाँ बढेर आएको क्रिकेटर सन्दीप जोराले जानकारी दिए ।

आईसीसीले खेलाडीको प्रदर्शन हेरेर २०१९ मा २२ जनासँग सम्झौता गरेको थियो। जसमा ८/८ जना ए र बी श्रेणीमा छन् । ६ जना सी श्रेणीमा छन्। ए श्रेणीका खेलाडीले ४५ हजार, बीले ३५ हजार र सी श्रेणीमा रहेकाले २५ हजारका दरले तलब पाएका हुन्।

राष्ट्रिय टोलीका अनुभवी खेलाडी वसन्त रेग्मी यो पटक बी श्रेणीमा छन्। यस्तै यसअघि सी श्रेणीमा रहेका विनोद भण्डारी ए श्रेणीमा बढुवा भएका छन् भने यसअघि बी श्रेणीमा रहेका करण केसी ए मा बढुवा भएका छन्।

एनालिसिष्ट रमन सिवाकोटीले सी श्रेणी बराबरको तलब पाएका हुन्।

कुन खेलाडी कुन श्रेणीमा

ए श्रेणी: पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी

बी श्रेणी: आरिफ शेख, बसन्त रेग्मी, अभिनाश बोहोरा, पवन सराफ, रोहित पौडेल, सन्दीप जोरा, सुसन भारी, ललितनारायण राजवंशी

सी श्रेणी: रसिद खान, इशान पाण्डे, राजु रिजाल, प्रदिप ऐरी, कुशल मल्ल, कुशल भुर्तेल

प्रशिक्षक टमटाको तलब पाउन बाँकी

आईसीसीले खेलाडीसँगै क्यानका स्टाफको पनि तलब पठाएको छ । तर, राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमटाले भने तलब पाएका छैनन् ।

२०१९ को मध्येसम्म राष्ट्रिय टीमको मुख्य प्रशिक्षक रहेका टमटाले आफुले केही समयमा तलब पाउने आश्वासन क्यानबाट पाएको बताएका छन्।

राखेपका मुख्य प्रशिक्षक रहेका टमटाले भने, `मेरो तलब प्रक्रियामा छ भनेको छ। सुरुमा मैले फारम भरेको थिइन। उनीहरुले प्रिपेडमा राखेको थियो। त्यो किन भनेर सोधेको थिएँ। पछि राखेपको कर्मचारी भएकाले तलब भनेर नआउने तर, भत्ताको शीर्षकमा पठाउने भनेको थियो।´

खेलाडीको तलब आएपछि आफ्नो के हुन्छ भनेर क्यानका अध्यक्षसँग बुझेको र अध्यक्षले प्रक्रियामा रहेको बताएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ११ : २२ बजे

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये