कोरोना मुक्त बनेका कांग्रेस नवलपुरका सचिव घिमिरेले भने– संक्रमितलाई हेर्ने दृष्टि बदलौं « Khabarhub

कोरोना मुक्त बनेका कांग्रेस नवलपुरका सचिव घिमिरेले भने– संक्रमितलाई हेर्ने दृष्टि बदलौं



नवलपुर– नेपाली कांग्रेस नवलपुरका सचिव बालकृष्ण घिमिरे कोरोना मुक्त भएका छन् ।

मध्यविन्दु जिल्ला अस्पतालको कोभिड–१९ अस्थायी अस्पताल सामुदायिक प्राकृतिक चिकित्सालयमा उपचारपछि कोरोना मुक्त भएका घिमिरेले संक्रमितलाई हेर्ने दृष्टिकोण बदल्नुपर्ने बताए ।

अस्पतालबाट कोरोना मुक्त भएर बाहिरिँदा धेरै खुसी मिलेको भन्दै उनले संक्रमित सबैको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

आफैं नै सचेत बनेर समाजलाई सुरक्षित बनाउन सकिन्छ भन्दै घिमिरेले भने, ‘हामी आफू सजग रहौँ, सचेत बनौँ । यो महामारीबाट समाजलाई सुरक्षित बनाऔं । संक्रमितलाई आत्मीय व्यवहार गरौँ ।’

समाजलाई संक्रमितलाई हेर्ने दृष्टिकोण नकारात्मक भएको भन्दै उनले यो अरुलाई मात्र पर्ने समस्या नभएको बताए । ‘विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण जुनसुकै बेला जो सुकैलाई भेट्न सक्छ । हामी यसबाट अछुतो हुन्छौं भन्ने छैन् । त्यसैले सँधै सचेत रहौं,’ उनले भने, ‘जोगिँदा जोगिँदै पनि संक्रमित भइहालेमा आफूलाई समाजले कस्तो व्यवहार गरोस भन्ने लाग्छ अहिले आफूले पनि संक्रमितलाई त्यस्तै व्यवहार गर्नुपर्छ ।’

घिमिरेले मनोबल उच्च राखे सहजै कोरोनालाई जित्न सकिने बताए । उनले अब संक्रमण फैलिन नदिन र संक्रमितलाई पनि चाँडो ठीक बनाउन सबै तह र तप्काका व्यक्ति लाग्नुपर्ने बताए ।

घिमिरेसँगै सामुदायिक प्राकृतिक चिकित्सालयबाट ३३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  १२ : २१ बजे

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने