पक्राउ परेको केही दिनमै रियाको पुरानो ट्वीट किन भयो भाइरल ? « Khabarhub

पक्राउ परेको केही दिनमै रियाको पुरानो ट्वीट किन भयो भाइरल ?


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड कलाकार सुशान्त सिंह राजपूतको आत्महत्यापछि उनकी प्रेमिका रिया चक्रवर्ती विवादमा तानिएकी छिन् ।

सुशान्तको आत्महत्या ड्रग्सतर्फ सोझिएपछि नारकोटिक्स सेन्ट्रल ब्यूरो (एनसीबी) ले यो घटनामाथि छानबिन गरिरहेको छ । तीन दिन सोधपुछ गरेपछि रियालाई एनसीबीको टोलीले पक्राउ गरेको छ ।

मंगलवार पक्राउ परेकी रियाको एक ट्वीट यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जबकि, सुशान्तको मृत्युपछि रिया सामाजिक सञ्जाल प्रयोगकर्ताको तारो बन्दै आइरहेकी छिन् ।

सन् २०१९ मा रियाले गरेको ट्वीट बिहीवार भाइरल भयो । उक्त ट्वीटमा रियाले ड्रग्सका बारेमा उल्लेख गरेकी छिन् ।

‘एक भारतीय युवतीको डरलाग्दो कहानी पढें, जसमा मादक पदार्थ तस्करीका कारण साढे चार वर्ष जेलको सजाय काटिन्,’ रियाले उक्त ट्वीटमा भनेकी छिन् ।

रियाको उक्त ट्वीटमा यतिबेला कैयन् प्रतिक्रिया आएका छन् । एक प्रयोगकर्ताले लेखेकी छिन्, ‘कसलाई थाहा थियो, रियाले आफ्नै बारेमा भनिरहेकी थिइन् भनेर ।’

सुशान्त सिंह राजपूत गत १४ जुनमा मुम्बईस्थित आफ्नो फ्ल्याटमा मृत अवस्थामा भेटिएका थिए । पोस्टमार्टम रिपोर्टमा घाँटीमा पासो लगाउँदा मृत्यु भएको भनिएको थियो ।

उनको निधनपछि बलिउडमा नेपोटिज्मको विषयमा पनि व्यापक बहस भएको थियो ।

सुशान्तका बुबाले रियालाई दोषी देखाउँदै आर्थिक लेनदेनका लागि सुशान्तको ज्यान लिएको आरोप लगाउँदै बिहार प्रहरीमा उजुरी दिएका थिए ।

त्यसपछि रियाविरुद्ध बिहार प्रहरी, सीबीआई र इडीले अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा सुशान्त र रियाबीच ड्रग्स कनेक्सन देखिएपछि रियालाई एनसीबीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  १ : २७ बजे

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई