ग्यास्ट्रिकको समस्या छ ? यसरी घरमै गर्न सकिन्छ पेटको सफाइ « Khabarhub

ग्यास्ट्रिकको समस्या छ ? यसरी घरमै गर्न सकिन्छ पेटको सफाइ


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हामीले खाने खानाले नै जीवन चलिरहेको छ । खानामा हुने तत्वले गर्दा हाम्रो शरीरले शक्ति पाउँछ ।

तर, कहिलेकाहीँ हामीले स्वास्थ्यलाई ख्याल नगरी खाना खाइरहेका हुन्छौं । यसबारेमा थाहा पनि पाएका हुँदैनौं । यस्तो खानाले खासगरी पेटमा समस्या निम्त्याउने गर्छ ।

तर, पेट सफा गर्न पनि सकिन्छ ।

पेट सफा गर्नका लागि खाना खाइसकेपछि मेथी, ज्वानो र बिरेनुन मिसाएर खाँदा स्वास्थ्यलाई फाइदा पुग्छ । यी तीन चीज खाँदा पेटमा ग्यास बन्न पाउँदैन ।

त्यस्तै तपाईंले एक पोटी लसुन र किसमिस खानाले पनि पेट स्वस्थ राख्न सकिन्छ । लसुन किसमिसले पेटमा जम्मा भएको खराब हावालाई बाहिर निकाल्न सहयोग गर्छ ।

यति मात्र होइन, अदुवाको टुक्रामा नुन छर्किएर खाँदा पनि पेटलाई फाइदा पुग्छ । दिनमा ३ पटक अदुवा र नुन खाँदा ग्यास्ट्रिक पनि निको हुन्छ । साथै समयमा भोक पनि लाग्छ ।

यदि तपाईंसँग ज्वानो र नुन छ भने यी दुईलाई मिलाएर खाँदा पेटमा हुने समस्याबाट छुटकारा पाउन सकिन्छ । साथै ग्यास्ट्रिकबाट पनि जोगिन सकिन्छ ।

– एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ४ : ०३ बजे

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार