तीन दिन संविधान दिवस मनाइने | Khabarhub Khabarhub

तीन दिन संविधान दिवस मनाइने


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा तीन दिन संविधान दिवस मनाइने मुद्रण विभागले जनाएको छ । विभागले असोज २ देखि ४ गते राष्ट्रिय महोत्सवका रुपमा संविधान दिवस मनाउने निर्णय गरेको हो ।

विभागले संविधान दिवसका अवसरमा सहरका विभिन्न स्थानमा शुभकामना सन्देश दिन डिस्प्ले राखिने पनि जनाएको छ । साथै उक्त अवसरमा सबै नागरिकले घरघरमा नेपालको झण्डा फहराउन पनि विभागले अनुरोध गरेको छ ।

विभागले संविधान दिवस (राष्ट्रिय दिवस) हर्षोल्लासका साथ मनाऔं, घर घरमा राष्ट्रिय झण्डा फहराऔं’ स्लोगन सबैलाई एसएमएसमार्फत पठाउने पनि बताएको छ ।

यस्तै संविधान दिवसमा राष्ट्रियस्तरका पत्रिकामा संविधान विशेषाङ्क प्रकाशित गरिने पनि जनाइएको छ ।

असोज २ गतेदेखि ४ गतेसम्म दीप प्रज्वलन गर्ने र संविधान दिवसमा मोबाइल प्रयोगकर्तालाई पनि विशेष छुट दिने जनाइएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ५ : ४३ बजे

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित