तीन दिन संविधान दिवस मनाइने « Khabarhub

तीन दिन संविधान दिवस मनाइने


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा तीन दिन संविधान दिवस मनाइने मुद्रण विभागले जनाएको छ । विभागले असोज २ देखि ४ गते राष्ट्रिय महोत्सवका रुपमा संविधान दिवस मनाउने निर्णय गरेको हो ।

विभागले संविधान दिवसका अवसरमा सहरका विभिन्न स्थानमा शुभकामना सन्देश दिन डिस्प्ले राखिने पनि जनाएको छ । साथै उक्त अवसरमा सबै नागरिकले घरघरमा नेपालको झण्डा फहराउन पनि विभागले अनुरोध गरेको छ ।

विभागले संविधान दिवस (राष्ट्रिय दिवस) हर्षोल्लासका साथ मनाऔं, घर घरमा राष्ट्रिय झण्डा फहराऔं’ स्लोगन सबैलाई एसएमएसमार्फत पठाउने पनि बताएको छ ।

यस्तै संविधान दिवसमा राष्ट्रियस्तरका पत्रिकामा संविधान विशेषाङ्क प्रकाशित गरिने पनि जनाइएको छ ।

असोज २ गतेदेखि ४ गतेसम्म दीप प्रज्वलन गर्ने र संविधान दिवसमा मोबाइल प्रयोगकर्तालाई पनि विशेष छुट दिने जनाइएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ५ : ४३ बजे

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको

फलाखु खोलामा फड्के र भोटेकोशीमा तुइन बन्यो

रसुवा – रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

हरितालिका : पशुपति क्षेत्रमा बिहानैदेखि व्रतालुको लाम

काठमाडौँ – यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

बाढीको विनाशका कारण उल्लासको अवस्था छैन, संयमका साथ तीज मनाऔँ: प्रचण्ड

काठमाडौँ – नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशीमा आएको

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका