बैतडीको शिवनाथमा सशस्त्रको बीओपी स्थापना « Khabarhub

बैतडीको शिवनाथमा सशस्त्रको बीओपी स्थापना


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीको शिवनाथ गाउँपालिका १ स्थित कुस्मौत घाटमा सशस्त्र प्रहरीको बीओपी स्थापना भएको छ।

सशस्त्र प्रहरी बलको ७ नम्बर बाहिनीका बाहिनीपति हरिशंकर बुढाथोकीले विहीबार बीओपी उद्घाटन गरेका हुन् ।

बीओपी स्थापनासँगै सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थितले सीमा सुरक्षा, अपराध न्यूनीकरण लगायतका सहयोग पुग्ने उनले बताए।

सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटाउने नेपाल सरकारको नीति अनुसार बीओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक गणेश शाहले जानकारी दिए।

योसँगै बैतडीमा भारतसँग सीमा जोडिएका तीन ठाउँमा सशस्त्र प्रहरीको बीओपी स्थापना भएका छन्।

पञ्चेश्वर गाउँपालिकाको रोलघाट र सीमा नाका झुलाघाटमा सशस्त्र प्रहरीको बीओपी यसअघि नै स्थापना भइसकेका छन्।

चालु आर्थिक वर्षभित्रै जिल्लाका अन्य तीन ठाउँमा पनि बीओपी स्थापनाको तयारी थालिएको छ ।

कुस्मौत घाटमा बीओपीको उद्घाटन कार्यक्रममा शिवनाथ गाउँपालिका १ का वडा अध्यक्ष करन पार्की लगायतको सहभागिता रहेको थियो।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ७ : १० बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान