सवारीसाधनको ढोकामा अनिवार्य स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने निर्णय « Khabarhub

सवारीसाधनको ढोकामा अनिवार्य स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने निर्णय


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुर जिल्ला गाउँपालिका अध्यक्ष फोरमको बैठकले कोञ्ज्योसोम, वाग्मती र महाङ्काल गाउँपालिका प्रवेश गर्ने हरेक सवारीसाधनको ढोकामा अनिवार्यरुपमा स्याटिनाइजरको व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ ।

दक्षिण ललितपुरका तीन गाउँपालिकाका अध्यक्ष सम्मिलित कोञ्ज्योसोममा आज बसेको चौँथो बैठकले दिनानुदिन कोरोना महामारी सङ्क्रमण बढ्दै गएको अवस्थालाई विचार गरेर उक्त निर्णय गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

विज्ञप्तिमा कोञ्ज्योसोम र महाङ्काल गाउँपालिका प्रवेश क्षेत्र विर्खेधारा, शङ्खु सडकखण्डको भैरव गण अगाडि र नल्लु भञ्ज्याङमा दुवै गाउँपालिकाको साझेदारीमा सिसि टिभी क्यामरा जडान गर्ने निर्णय गरेको उल्लेख छ ।

फोरमले तीन वटै गाउँपालिका क्षेत्रभित्र शुक्रबारदेखि लागु हुने गरी सवारीसाधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पालना गर्ने, भौतिक दूरी कायम गर्ने, यात्रु र सवारी चालकले अनिवार्य रुपमा मास्क प्रयोग गर्नुपर्ने, खाद्यान्नलगायत अन्य पसलको हकमा भौतिक दूरी कायम गरी बिहान ६ः०० देखि बेलुका ७ः०० बजेसम्म सञ्चालन गर्न दिने निर्णयसमेत गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ९ : २९ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब