१३ वर्षपछि पत्रकार साहका हत्यारा पटेल पक्राउ « Khabarhub

१३ वर्षपछि पत्रकार साहका हत्यारा पटेल पक्राउ


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- बाराका पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बाराको सदरमुकाम कलैयास्थित कोल्हवी-४ सपही टोलबाट हरेराम पटेललाई विहीवार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक कृष्ण प्रसाद पंगेनीले बताए ।

महागढीमाई नगरपालिका वडा नं. २ तेलकुवा घर भएका पटेल लुकी छिपी बस्दै आएका थिए ।

पत्रकार साहको हत्या भएको १३ वर्ष पछि प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

पत्रकार साहलाई तत्कालीन नेकपा माओवादीका बाराका जनसरकार प्रमुख लालबहादुर चौधरी, कुन्दन फौजदार, हरेराम पटेल सहितले २०६४ असोज १८ गते बाराको ढोडिया पिपरा बजारबाट अपहरण गरेका थिए ।

अपहरण गरेका ३४ दिन पछि साहको शव २०६४ कार्तिक २२ गते टाँगिया बस्ती जङ्गलमा गाडिएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ९ : १९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना