काठमाडौं महानगर वडा १८ भित्र फुटपाथ पसल संचालनमा रोक « Khabarhub

काठमाडौं महानगर वडा १८ भित्र फुटपाथ पसल संचालनमा रोक


२५ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिका वडा-१८ मा फुटपाथ पसल र ठेलगाडा संचालनमा रोक लगाइएको छ।

कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै वडा-१८ ले फुटपाथ पसल र ठेलगाडा संचालनमा रोक लगाएको हो ।

महानगरको नीति बमोजित फुटपाथ पसल संचालन गर्न नपाउने भएकाले वडा क्षेत्रमा उक्त पसल संचालनमा प्रतिबन्ध लगाइएको वडा अध्यक्ष न्हुछेकाजी महर्जनले बताए।

वडाको आग्रह विपरित कसैले फुटपाथ र ठेलगाडा पसल संचालन गरेको पाइएमा कानुन बमोजिम कारवाही गर्ने वडा कार्यालयले जनाएको छ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले बिहीबारबाट निषेधाज्ञा खुकुलो गर्दै सीमित व्यापार व्यवसायहरु खोल्न अनुमति दिएको थियो। जसमा फुटपाथ पसल संचालन गर्न पनि प्रशासनले स्वीकृति दिएको थियो ।

तर, वडा-१८ ले भने कोरोनाको जोखिमलाई मध्यनजर गर्दै रोक लगाएको हो ।

वडा कार्यालयद्वारा जारी विज्ञप्ति यस्तो छ-

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार  ९ : ४३ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब