भोजपुर– टक्सार सडक कालोपत्रे शुरु « Khabarhub

भोजपुर– टक्सार सडक कालोपत्रे शुरु


२४ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर- प्रदेश– १ सरकारको लगानीमा भोजपुर सदरमुकाम देखि टक्सार एयरपोर्टसम्मको सडक कालोपत्रे शुरु भएको छ ।

जिल्लामा नै पहिलो ‘आसपाल्ड’ प्रविधिबाट पूर्वाधार विकास कार्यालय भोजपुरको रु. १६ करोड ९२ लाख लागतमा  कालोपत्रे गर्ने काम शुरु भएको हो ।

यसअघि नै कालोपत्रेको लागि आवश्यक प्रक्रिया सम्पन्न गरिएको भए पनि निरन्तरको वर्षाले काम रोकिएको थियो । मौसममा सुधार आएपछि कामको थालनी भएको हो ।

प्रदेश सरकारको महत्वपूर्ण योजना भएकोले यसको गुणस्तरमा ध्यान दिइएको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले बताए ।

प्रमुख रेड्डीले भने, ‘ काम गुणस्तरीय बनाउन लागेका छौँ, जिल्लामा पहिलो पटक यो प्रविधिबाट कालोपत्रे थालिएकोले यसमा बढी ध्यान दिएका छौँ ।’

गुणस्तरमा कमी आउन नदिन जिल्ला प्रशासन कार्यालयसँगै अन्य सरोकारवालाले अनुगमन गरिरहेका छन् ।

अनुगमनका क्रममा काम मापदण्ड अनुसारको रहेको पाइएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताए । प्रजिअ पुरीले भने,‘निर्माणका क्रममा आउने विभिन्न समस्या समाधानदेखि अनुगमनको पाटोमा हामीले विशेष ध्यान दिएका छौँ, हामीले हेर्दा सडकको गुणस्तर राम्रो नै छ ।’

काम गर्ने क्रममा कुनै यन्त्र उपकरणको समस्या नआएमा तथा मौसम राम्रो भएमा यो महिनामा काम सम्पन्न गर्ने निर्माण कम्पनीले जनाएको छ ।

कालोपत्रेको काम शुरु गरेको भए पनि स्थानीय सरकार तथा सरोकारवालाले ट्रयाक्टर लगायतका ढुवानीका साधन सञ्चालनमा रोक नलगाउँदा भने काममा केही बाधा पुगेको कम्पनीको गुनासो छ ।

मार्सेली निर्माण सेवाका प्रमुख श्याम श्रेष्ठले भने, ‘तोकिएको समय भन्दा अगाडि सम्पन्न गर्ने लक्ष्यसाथ काम गरेको हो, वर्षातले कालोपत्रे गर्न सकिएन तर पनि छिटै सक्ने लक्ष्य छ ।’

रायामाझी–जगदम्बा–मार्सेली जेभीले निर्माण गरिरहेको यो सडकको लम्वाई ५ किलोमिटर रहेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ८ : १८ बजे

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

झापा-५ बाट एमाले अध्यक्ष ओलीको नाम सर्वसम्मत सिफारिस

बिर्तामोड- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा

गौशालामा गाई मर्न थालेपछि व्यवस्थापनका लागि आग्रह

कैलाली– कैलालीको गोदावरी नगरपालिका–७ तिकोलामा रहेको गौशालामा आज ठूलो सङ्ख्यामा

प्रादेशिक कला प्रदर्शनी: पुस मसान्तभित्र कलाकृति बुझाउन आग्रह

काठमाडौं– नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले देशका सातै प्रदेशमा हुने प्रादेशिक

भारतीय सुरक्षा बलको कारवाहीमा परी १४ जना माओवादी विद्रोहीको मृत्यु : प्रहरी

नयाँ दिल्ली- भारतले देशको मध्य क्षेत्रमा लामो समयदेखि चलिरहेको विद्रोहलाई