विश्वभर ३ करोड ७१ लाखमा कोरोना संक्रमण, ७५ प्रतिशत निको « Khabarhub

विश्वभर ३ करोड ७१ लाखमा कोरोना संक्रमण, ७५ प्रतिशत निको


२४ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर ३ करोड ७१ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

शनिबार बिहान यो समाचार तयार पार्दासम्म ३ करोड ७१ लाख ५  हजार ५४४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ७५ दशमलव १८ प्रतिशत निको भएका छन् । अर्थात् २ करोड ७८ लाख ९६ हजार ८८० जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा २ लाख ५० हजार ५१७ जना संक्रमण मुक्त भएका छन् भने ३ लाख ५८ हजार ४४७ संक्रमित थपिएका छन् ।

यस्तै एकै दिन थप ५ हजार ८०८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या १० लाख ७२ हजार ६८६ पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ७८ लाख ९४ हजार पुगेको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ६९ लाख ७७ हजारमा संक्रमण पुष्टि भएको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५० लाख ५७ हजार पुगेको छ । ब्राजिलमा विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २९ हजार ५४३ जनाको मृत्यु भएको छ । ५८ लाख ३५ हजार ८७२ जना संक्रमित भएकोमा २६ लाख १५ हजार ८३९ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ७ : ३० बजे

आयुर्वेद औषधि, उपचार वा सामग्रीको नाममा भ्रामक प्रचार नगर्न परिषद्को निर्देशन 

काठमाडौं– आयुर्वेद चिकित्सा परिषद् नेपालले आयुर्वेद औषधि, उपचार वा सामग्रीको

अहिले त हामीलाई जसले पनि हप्काउँछ, जसले पनि थर्काउँछ : केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजधानीमा पछिल्लो समयमा

अभिनेता धनुष र मृणाल ठाकुरको विवाह भ्यालेन्टाइन्स डेमा !

काठमाडौं– बलिउड अभिनेता धनुष र अभिनेत्री मृणाल ठाकुर लामो समयदेखि

दुई कांग्रेसको जम्काभेट हुने भएपछि बहादुर भवनमा उच्च सतर्कता

काठमाडौं- निर्वाचन आयोगको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । नेपाली

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै