मलेसियाबाट ७ नेपालीको उद्धार « Khabarhub

मलेसियाबाट ७ नेपालीको उद्धार



दोहा- जनउद्धार केन्द्र मलेसियाले ७ नेपालीको उद्धार गरेको छ ।

गैरकानुनी रुपमा बसोबास गरेका तथा कोरोना भाइरस नियन्त्रणका लागि लगाएको कानुन उलंघन गरेको आरोपमा पक्राउ परेका ७ नेपालीको उद्धार गरिएको हो ।

जेल जीवन बिताइरहेका र घरफिर्ती केन्द्रमा रहेका ७ जना नेपालीलाई उद्धार गरि हिमालयन एअरलाइन्सको जहाजबाट स्वदेश फर्काइएको जनउद्धार केन्द्र मलेसियाका अध्यक्ष केशु थापाले जानकारी दिए ।

थापाका अनुसार सप्तरीका अनिल कुमार रजक तथा श्याम सुन्दर सदा, गुल्मीका गंगा बहादुर बस्नेत, बाँकेका गिरिजा प्रसाद महतो, राकेश यादब र राजुनाथ योगी तथा  संखुवासभाका राजेन्द्र बहादुर सिंहलाई स्वदेश फर्काइएको हो ।

जनउद्धार केन्द्रका उपाध्यक्ष रुप बहादुर टण्डन (भरत)ले उपलब्ध गराएको सहयोग रकम र घुम्टे युवा परिवार जापानले गरेको सहयोग रकमबाट दुइ वटा टिकट खरिद गरिएको थियो ।

बाँकी टिकट सम्बन्धित ब्यक्तिहरु कार्यरत कम्पनीसँगको सहकार्यमा जनउद्धार केन्द्रको विशेष पहलमा पीडितहरुलाई उपलब्ध गराइएको टण्डनले बताए ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ९ : १५ बजे

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक