मोरङको बेलबारीबाट ६ जुवाडे पक्राउ « Khabarhub

मोरङको बेलबारीबाट ६ जुवाडे पक्राउ


२४ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको बेलबारीबाट प्रहरीले ६ जना जुवाडेलाई पक्राउ गरेको छ ।

बेलबारी- ४ गर्जुराम टोलस्थित अशोक राईको घरमा जुवा खेल्दै गरेका ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जुवा खेल्दै गरेको अवस्थामा दुई लाख ५३ हजार रकमसहित जुवाडेलाई नियन्त्रणमा लिएको हो ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार धनुषाको चारनाथ गणेशमान –८ पोर्ताहाका ५० वर्षीय पर्शुराम भुजेल, झापा दमक–५ का ३२ वर्षीय धर्मेन्द्र राई पक्राउ परेका छन् ।

यस्तै सुनसरी इटहरी–१ का ४७ वर्षीय प्रदीप तामाङ, मोरङको बेलबारी–३ का ४० वर्षीय रीत गुरुङ, बेलबारी–११ का ५६ वर्षीय सुजय गौतम र ५२ वर्षीय चन्द्र लिम्बूलाई पक्राउ गरिएको खड्काले बताए ।

कौडा, तास, सवारी साधन र नगदसहित शुक्रबार साँझ ७ बजेतिर उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्रतिष्ठित र आफूलाई सामाजिक अगुवा एवं राजनीतिकर्मी भनेर चिनाउने व्यक्तिहरु समेत भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुको साथबाट एक सेट कौडा, तीन बुक तास, दुई लाख ५३ हजार दुई सय ३५ रुपैयाँ नगद, को २ च २८१९ नम्बरको स्कोरपिओ गाडी, अनटेस्ट मोटरसाइकल र को २३ प १३८७ नम्बरको स्कुटर नियन्त्रणमा लिइएको खड्काले बताए ।

उनीहरूलाई जुवा ऐन अन्तर्गत कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ९ : ४५ बजे

मध्यपूर्व तनावको असर बलिउड–साउथ फिल्म बजारमा : यशको ‘टक्सिक’ जुनसम्म सर्‍यो

काठमाडौं– विश्वव्यापी रिलिजको तयारीमा रहेको दक्षिण भारतीय सुपरस्टार यश अभिनीत

डोल्पाको दुर्गम केन्द्रमा खटिएका कर्मचारी बिरामी, सेनाद्वारा हवाई उद्धार

काठमाडौं– उपल्लो डोल्पाको शे फोक्शुण्डो गाउँपालिका फोतगाउँस्थित दुर्गम मतदान केन्द्रमा

होर्मुजमा इरानको नियन्त्रण दाबी, युद्ध तीव्र

एजेन्सी– मध्यपूर्वमा जारी युद्ध पाँचौँ दिनमा प्रवेश गर्दा इरानले विश्व

देवघाटमा देखियो घडियाल गोही

चितवन– गैँडाकोटको देवघाट क्षेत्रमा घडियाल गोही देखा परेको छ ।

तस्बिरमा हेर्नुहोस्, वसन्तपुरमा मतदान केन्द्रको तयारी

बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका मतदान केन्द्रमा आवश्यक