लुम्बिनी प्रदेशका सांसद दधिराम न्यौपानेलाई कोरोना संक्रमण « Khabarhub

लुम्बिनी प्रदेशका सांसद दधिराम न्यौपानेलाई कोरोना संक्रमण


२४ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य दधिराम न्यौपानेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शनिबार गरिएको द्रुत स्वाब परीक्षणमा उनलाई कोरोना पुष्टि भएको न्यौपानेले बताए । उनलाई रातिदेखि ज्वरो आएको थियो ।

ज्वरो बढ्दै र शरीर कमजोर हुँदै गएपछि उनले लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गरेका थिए । बिहान ९ बजे आएको नतिजामा उनमा कोरोना पुष्टि भएको हो । उनी अहिले आफ्नै निवासको आइसोलेसनमा छन् ।

शुक्रबार दिउँसो मात्रै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी र सभामुख पूर्णबहादुर घर्तीमा कोरोना पुष्टि भएको थियो।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ११ : ५२ बजे

आयुर्वेद औषधि, उपचार वा सामग्रीको नाममा भ्रामक प्रचार नगर्न परिषद्को निर्देशन 

काठमाडौं– आयुर्वेद चिकित्सा परिषद् नेपालले आयुर्वेद औषधि, उपचार वा सामग्रीको

अहिले त हामीलाई जसले पनि हप्काउँछ, जसले पनि थर्काउँछ : केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजधानीमा पछिल्लो समयमा

अभिनेता धनुष र मृणाल ठाकुरको विवाह भ्यालेन्टाइन्स डेमा !

काठमाडौं– बलिउड अभिनेता धनुष र अभिनेत्री मृणाल ठाकुर लामो समयदेखि

दुई कांग्रेसको जम्काभेट हुने भएपछि बहादुर भवनमा उच्च सतर्कता

काठमाडौं- निर्वाचन आयोगको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । नेपाली

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै