९ जिल्लामा ५०० भन्दा बढी कोरोना सक्रिय संक्रमित, २ जिल्ला संक्रमणमुक्त « Khabarhub

९ जिल्लामा ५०० भन्दा बढी कोरोना सक्रिय संक्रमित, २ जिल्ला संक्रमणमुक्त


२४ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोभिड–१९ बाट सङ्क्रमितहरूको सङ्ख्या ५०० भन्दा बढी रहेको नेपालको जिल्लाको सङ्ख्या ९ पुगेको छ भने २ जिल्लामा हाल एक जना पनि सङ्क्रमित छैनन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबारको नियमित लाइभ अपडेटमा गण्डकी प्रदेशका मनाङ र मुस्ताङ गरी २ जिल्लामा कोरोना सङ्क्रमण शून्य रहेको जनाएको हो।

कोभिड-१९ सङ्क्रमण ५०० भन्दा बढीमा देखिएको जिल्लाहरूमा प्रदेश १ को मोरङ र सुनसरी, बागमती प्रदेशको काठमाडौँ, भक्तपुर, ललितपुर र चितवन रहेका छन् ।

त्यसैगरी लुम्बिनी प्रदेशको बाँके र रुपन्देही तथा कर्णाली प्रदेशको सुर्खेतमा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ५ : ०९ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु