कोरोना महामारी नियन्त्रणमा ६ करोड खर्च | Khabarhub Khabarhub

कोरोना महामारी नियन्त्रणमा ६ करोड खर्च


२४ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– कोरोना भाइरस महामारी रोगथाम तथा नियन्त्रणका लागि जाजरकोटका सात स्थानीय तहले असार मसान्तसम्म रु साढे छ करोड खर्च गरेको पाइएको छ ।

गत चैतदेखि असारसम्म क्वारेन्टिन व्यवस्थापन, स्वास्थ्य सामग्री खरिद र राहत वितरणमा जिल्लाका सात स्थानीय सरकारले रु छ करोड ६८ लाख ६६ हजार २६६ खर्च गरेका हुन् । साउनयताको हिसाब सार्वजनिक हुन बाँकी छ ।

कोभिड–१९ महामारी नियन्त्रण तथा रोकथामका नाममा छेडागाड नगरपालिकाले रु दुई करोड २५ लाख ७२ हजार ४९५, भेरी नगरपालिकाले रु एक करोड ४४ लाख ८७ हजार ६९८ र नलगाड नगरपालिकाले रु ५८ लाख १७३ खर्च गरेका हुन् ।

त्यस्तै शिवालय गाउँपालिकाले रु ७० लाख, बारेकोट गाउँपालिकाले रु ७५ लाख ६० हजार ९००, जुनीचाँदे गाउँपालिकाले रु ५४ लाख ४५ हजार र कुशे गाउँपालिकाले रु ४० लाख खर्च गरेको पालिकाले जनाएका छन् । जिल्ला समन्वय समिति जाजरकोटले आयोजना गरेको गत आर्थिक वर्षको वार्षिक प्रगति समीक्षा कार्यक्रममा पालिकाहरुले उक्त खर्च विवरण पेश गरेका हुन् ।

जाजरकोटका सात पालिकाले अस्तव्यस्त क्वारेन्टिनमा जथाभावी तरिकाले करोडौँ बजेट खर्च गरेको भन्दै स्थानीयवासीले खर्च विवरण पारदर्शी तरिकाले सार्वजनिक गर्न माग गरेका छन् । स्थानीय सरकारले कोरोना भाइरसको नाममा न त स्थायी संरचना निर्माण गरे न त अस्थायी क्वारेन्टिन व्यवस्थित भए तर पनि ठूलो मात्रामा रकम खर्च गरेको पाइएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए ।

“कोरोना महामारी नियन्त्रण तथा रोकथामको नाममा फजुल खर्च बढी गरिएको, केही सामग्रीको मूल्य तथा परिणामसमेत बढी राखेको पाइएको छ”, नागरिक अगुवा शाहले भने, “जनप्रतिनिधिसँगको मिलेमतोमा केही कर्मचारीका लागि महामारी कमाउने माध्यम भएको छ ।”

पालिकाले महामारी नियन्त्रण तथा रोकथामलगायतका शीर्षकमा विपन्न परिवारलाई खाद्यान्न वितरण, प्रचारप्रसार, साबुन, मास्क, आरडिटी परीक्षण, गर्भवती महिलालाई भिडियो एक्सरे, औषधि खरिद क्वारेन्टिनमा रहेका नागरिकका लागि श्यया, बिस्तरा, लत्ताकपडा, खाना नास्ता, बिरामीलाई राहत वितरण, गाडी भाडालगायतमा खर्च गरेका छन् ।

सबैभन्दा धेरै छेडागाड र भेरी नगरपालिकाले बजेट खर्च गरेका छन् । भारतलगायतका स्थानबाट नागरिक जिल्लामा भित्रिएकाले क्वारेन्टिनमा खाना र अन्य व्यवस्थापनमा ठूलो रकम खर्च भएको जनाएका छन् । जिल्लाका विभिन्न ३७ स्थानमा क्वारेन्टिन बनाइएको थियो । अन्य सबै ठाउँका क्वारेन्टिन हटाइएको भए पनि भेरी नगरपालिकाको त्रिभुवन माविमा रहेको क्वारेन्टिन जिल्ला बाहिरबाट आएकाहरुलाई राख्ने गरिएको छ ।

तेइस जना अहिले पनि क्वारेन्टिनमा बसिरहेका छन् । क्वारेन्टिनमा बस्नेलाई खाना, नास्ता र सरसफाइ सामग्री, ओछ्यानलगायतका वस्तुको व्यवस्थापन गर्ने गरिएको छ । धेरै क्वारेन्टिनमा खानेपानी र शौचालयको अभाव, एउटै कोठामा २५ जनाभन्दा बढी कोचिएर बस्नुपर्ने, छाना चुहिने, लामखुट्टे र उडुस लाग्ने, खानानास्ता गुणस्तरहीन हुने गरेको गुनासो आउने गरेको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ५ : ३५ बजे

‘शेयरबजार अप्राकृतिक तवरबाट लगातार घटाइयो’

काठमाडौं– नेपालको पुँजीबजार अप्राकृतिक तवरबाट लगातार घटाइएको भन्दै चार लगानीकर्ता

राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस

दाङमा चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते

देउखुरी – दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने

क्यानडाका लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानी गर्न आग्रह

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश

चितवन खाद्यान्नमा आत्मनिर्भर

चितवन– जिल्लामा स्थायी बसोबास गर्ने जनसङ्ख्यालाई आवश्यक पर्ने खाद्यान्नमा चितवन