पूर्व–पश्चिम राजमार्ग मर्मत गरिँदै « Khabarhub

पूर्व–पश्चिम राजमार्ग मर्मत गरिँदै


२४ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको चिसापानी–अत्तरियासम्मको सडकखण्ड मर्मत कार्य अघि बढेको छ । पूर्व–पश्चिम राजमार्गको चिसापानीदेखि अत्तरियासम्मको ७९ किलोमिटर सडकखण्ड ठाउँठाउँमा भत्किएर जीर्ण बन्दै गएपछि सो सडकखण्डको मर्मत कार्य अघि बढेको हो ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरले सो सडक मर्मत कार्य तीन चरणमा गरिरहेको जनाएको छ । बहुवर्षीय ठेक्काअन्तर्गत सो सडक मर्मत कार्य भइरहेको कार्यालयका सूचना अधिकारी लक्ष्मणदत्त जोशीले बताए ।

सो सडक मर्मतको समयावधि चैत मसान्तसम्म रहेको छ । चिसापानी–अत्तरियासम्मको सडक मर्मतका लागि रु १७ करोड बजेट विनियोजन गरिएको जोशीले बताए । चिसापानीदेखि अत्तरियासम्म ठाउँठाउँमा कालोपत्र फुटेर बनेका ठूलठूला खाडलको मर्मत कार्य भइरहेको छ ।

तत्कालीन समयमा १० टनसम्मका सवारी साधनलाई लक्ष्य गर्दै निर्माण गरिएको राजमार्गको सो सडकखण्डमा पछिल्ला वर्षमा १८ देखि २० टनसम्मका मालबाहक गाडी गुड्छन् । क्षमताभन्दा बढी भार थेग्न नसकेका कारण सडक जीर्ण बन्दै गएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी जोशीको भनाइ छ ।

हरेक चार/पाँच वर्षमा रिसोलिङ गर्नुपर्ने सडक पछिल्लोपटक भने रिसोलिङ नगरिएका कारण पनि सडक बिग्रिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बजेट समयमै नआएका कारण पछिल्लो समयमा रिसोलिङ नगरिएको हो ।

नियमित सडक मर्मत गर्न विसं २०७५ फागुनमा सडक डिभिजन कार्यालय महेन्द्रनगरले तीन वर्षका लागि कालिका जोशी जेभीलाई ठेक्का दिएको थियो । गत चैत पहिलो साता केही स्थानमा मर्मतको काम भए पनि बन्दाबन्दी शुरु भएपछि रोकिएको निर्माण काम अघि बढेको कम्पनीका सञ्चालक गणेश जोशीले बताए ।
उनुभयो ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ५ : ५० बजे

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति