पूर्व–पश्चिम राजमार्ग मर्मत गरिँदै « Khabarhub

पूर्व–पश्चिम राजमार्ग मर्मत गरिँदै


२४ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको चिसापानी–अत्तरियासम्मको सडकखण्ड मर्मत कार्य अघि बढेको छ । पूर्व–पश्चिम राजमार्गको चिसापानीदेखि अत्तरियासम्मको ७९ किलोमिटर सडकखण्ड ठाउँठाउँमा भत्किएर जीर्ण बन्दै गएपछि सो सडकखण्डको मर्मत कार्य अघि बढेको हो ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरले सो सडक मर्मत कार्य तीन चरणमा गरिरहेको जनाएको छ । बहुवर्षीय ठेक्काअन्तर्गत सो सडक मर्मत कार्य भइरहेको कार्यालयका सूचना अधिकारी लक्ष्मणदत्त जोशीले बताए ।

सो सडक मर्मतको समयावधि चैत मसान्तसम्म रहेको छ । चिसापानी–अत्तरियासम्मको सडक मर्मतका लागि रु १७ करोड बजेट विनियोजन गरिएको जोशीले बताए । चिसापानीदेखि अत्तरियासम्म ठाउँठाउँमा कालोपत्र फुटेर बनेका ठूलठूला खाडलको मर्मत कार्य भइरहेको छ ।

तत्कालीन समयमा १० टनसम्मका सवारी साधनलाई लक्ष्य गर्दै निर्माण गरिएको राजमार्गको सो सडकखण्डमा पछिल्ला वर्षमा १८ देखि २० टनसम्मका मालबाहक गाडी गुड्छन् । क्षमताभन्दा बढी भार थेग्न नसकेका कारण सडक जीर्ण बन्दै गएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी जोशीको भनाइ छ ।

हरेक चार/पाँच वर्षमा रिसोलिङ गर्नुपर्ने सडक पछिल्लोपटक भने रिसोलिङ नगरिएका कारण पनि सडक बिग्रिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बजेट समयमै नआएका कारण पछिल्लो समयमा रिसोलिङ नगरिएको हो ।

नियमित सडक मर्मत गर्न विसं २०७५ फागुनमा सडक डिभिजन कार्यालय महेन्द्रनगरले तीन वर्षका लागि कालिका जोशी जेभीलाई ठेक्का दिएको थियो । गत चैत पहिलो साता केही स्थानमा मर्मतको काम भए पनि बन्दाबन्दी शुरु भएपछि रोकिएको निर्माण काम अघि बढेको कम्पनीका सञ्चालक गणेश जोशीले बताए ।
उनुभयो ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ५ : ५० बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा