एनआरएनए कतारद्वारा ७ हजार ८ सय नेपालीलाई राहत « Khabarhub

एनआरएनए कतारद्वारा ७ हजार ८ सय नेपालीलाई राहत



दोहा- गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले कोरोना संक्रमण सुरु भएयता ७ हजार ८३१ जना नेपाली कामदारहरुलाई राहत वितरण गरेको जनाएको छ ।

विभिन्न संस्थाहरुसँग हातेमालो गर्दै कतारको विभिन्न ठाउँमा रहेका नेपालीहरुलाई खाद्यान्न वितरण गरिरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष मोहम्म्द मुक्तदा मुसलमानले जानकारी दिए ।

कतारस्थित नेपाली दूतावासको संयोजनमा कतार च्यारिटीद्वारा प्राप्त खाद्यान्न तथा अन्य संस्थाहरुले गरेको सहयोग कतारमा रोजगारी गुमाएका नेपाली कामदारलाई वितरण गर्ने कार्य जारी रहेको अध्यक्ष मुसलमानले बताए ।

कतारमा स्थापित नेपाली संघ संस्थाहरूबाट प्राप्त राहत गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारद्वारा गठित उद्धार तथा राहत वितरण समितिले गरिरहेको उनले बताए ।

कोरोना महामारीका कारण समस्यामा परेका नेपाली श्रमिकहरुलाई कतारको सरकारी संस्था कतार च्यारिटीले पहिलो चरणमा डेढ करोड रुपैयाँ बराबरको खाधान्न सामग्री उपलब्ध गराएको थियो ।

यस्तै ईदको अवसर पारेर दोस्रो चरणमा ९५ लाख बराबरको खाधान्न सामग्री उपलब्ध गराएको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ९ : १२ बजे

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको