चिकित्सक संघको आन्दोलनमा आवासीय डाक्टरको ऐक्यबद्धता « Khabarhub

चिकित्सक संघको आन्दोलनमा आवासीय डाक्टरको ऐक्यबद्धता


२४ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- २७ दिनदेखि अनसनरत प्रा.डा. गोविन्द केसीको जीवनरक्षा माग गर्दै आवासीय चिकित्सक पनि आन्दोलित भएका छन्।

डा. केसीको स्वास्थ्य अवस्था नाजुक भइसक्दा पनि वार्ता औपचारिकतामा मात्र सीमित भएको भन्दै उनीहरुले चिकित्सक संघले घोषणा गरेको आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् ।

डा केसीका माग पूरा गर्न सरकारलाई दबाब दिने उद्देश्यले संघले आइतबार देशभर कोभिड र आकस्मिकबाहकेका सबै सेवा बहिष्कार गर्ने निर्णय गरिएको विज्ञप्तिमार्फत् जानकारी गराएको थियो।

त्रिवि शिक्षण अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीर अस्पतालका आवासीय चिकित्सकहरूले संघको आन्दोलनमा ऐक्यवद्धता जाहेर गरेका हुन्।

नेशनल रेजिडेन्ट डाक्टर्स एशोसियसन, रेजिडेन्ट एशोसियसन अफ न्याम्स र जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो जनाएका हुन्।

२७ दिनयता अनसनरत डा केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको त्रिवि शिक्षण अस्पतालले जानकारी दिएको छ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ८ : ४५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना