आजको शुभ साइत : कुन दिशातर्फ कति बजे यात्रा गर्नु उत्तम रहला ? « Khabarhub

आजको शुभ साइत : कुन दिशातर्फ कति बजे यात्रा गर्नु उत्तम रहला ?


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

चन्द्रमा सिंह राशिमा छन् त्यसैले पूर्व बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज मंगलबार परेकाले उत्तर दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला ।

शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

आजको शुभ लाभादि बेला

बिहान ६:२० बजेदेखि ७:४२ बजेसम्म रोग बेला
बिहान ७:४२ बजेदेखि ९:०४ बजेसम्म उद्धेग बेला
बिहान ९:०४ बजेदेखि १०:२५ बजेसम्म चर बेला
बिहान १०:२५ बजेदेखि ११:४७ बजेसम्म लाभ बेला
बिहान ११:४७ बजेदेखि १:०९ बजेसम्म अमृत बेला
दिनमा १:०९ बजेदेखि २:३० बजेसम्म काल बेला
दिउँसो २:३० बजेदेखि ३:५२ बजेसम्म शुभ बेला
दिउँसो ३:५३ बजेदेखि ५:१४ बजेसम्म रोग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा ३:०० देखि ४:३० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ६ : ४२ बजे

चीनको एक कारखानामा विस्फोट, नौ जनाको मृत्यु

एजेन्सी– उत्तरी चीनको एउटा  कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या

प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इलाम २ मा एमालेका सुहाङ नेम्वाङले गराए उम्मेदवारी दर्ता

काठमाडौं– इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट

एमालेका ठाकुर गैरेले पाल्पा २ बाट उम्मेदवारी दर्ता गरे

काठमाडौं – नेकपा एमालेका ठाकुर गैरेले पाल्पा क्षेत्र नम्बर २

बैतडीबाट दामोदर भण्डारीको मनोनयन दर्ता

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि