सेतो रक्तकोशिका बढाउन यी खानेकुरा खानुहोस् | Khabarhub Khabarhub

सेतो रक्तकोशिका बढाउन यी खानेकुरा खानुहोस्


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हाम्रो शरीरमा तीन प्रकारका रक्तकोशिका हुन्छन्, सेतो, रातो र प्लेटलेट्स ।

यी तीन रक्तकोशिकामध्ये सेतो रक्तकोशिकाले शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउन र वाह्य संक्रमणबाट शरीरलाई रक्षा गर्दछ ।

सेतो रक्तकोशिकाको कमी भए शरीरमा अनेकन रोगले संक्रमण गर्न थाल्दछ । अर्थात, शरीरको रोग प्रतिरोधात्मक क्षमता घट्छ । त्यसैले शरीरमा सेतो रक्तकोशिकाको वृद्धि गर्न भिटामिन ए, सी र ई सेवन गर्नु पर्दछ । सेतो रक्तकोशिका बढाउन निम्न खानेकुरा खानु पर्दछ ।

१. एन्टीअक्सिडेन्ट, एन्टीव्याक्टेरियल तथा एन्टी इन्फ्लेमेन्टरी तथा एन्टीभाइरलले गुण भएको लसुनको सेवनले सेतो रक्तकोषिका निर्माण गर्न मद्दत गर्छ । साथै शरीरमा प्रतिरोधी क्षमता बलियो बनाएर रोगसित लड्न मद्दत गर्छ ।

२. ग्रीन टीमा रहेको भिटामिन सी, पोलिफिनलको साथमा रहेका अन्य एन्टी अक्सिडेन्ट तत्वले शरीरमा रहेका व्याक्टेरियालाई नष्ट गरेर शरीरको प्रतिरोधी क्षमता मजबुत बनाउँछ र सेतो रक्तकोशिका बढाउँछ ।

३. शरीरमा जिंकको कमी भएमा सेतो रक्तकोशिका कम हुने गर्छ । जिंकयुक्त आहारको सेवनले सेतो रक्तकोशिकाको संख्या बढाउन सकिन्छ ।

४. नियमित रुपमा दहीको सेवन गरे सेतो रक्तकोषिकाको संख्या बढ्नुका साथै शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्ने गर्छ । दहीले शरीरमा एन्टिबायोटिक सरह नै काम गर्छ र रोगसँग लड्न मद्दत गर्छ ।

५. आहारमा हरियो सागसब्जी अनिवार्य छ । यसमा आइरन, भिटामिन ए, भिटामिन बी कम्प्लेक्स, भिटामिन सी, क्याल्सियम तथा फाइबर पर्याप्त मात्रामा पाइन्छ । यसमा शक्तिशाली एन्टीअक्सिडेन्टस् तत्व हुन्छ जसले सेतो रक्तकोशिकाको संख्या बढाउँछ ।– एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ५ : ४० बजे

माटोका भाँडा बनाएर आत्मनिर्भर

सुनसरी– इटहरी उपमहानगरपालिका– ६ का सुरज पण्डित माटोका भाँडाकुँडा बनाएर

पोखरा भरिभराउ : लामो बिदाले बढायो आन्तरिक पर्यटन

पोखरा– केही समयदेखि सुस्ताएको पोखराको पर्यटन क्षेत्रमा अहिले आन्तरिक तथा

मेची भन्सार कार्यालयबाट अलैँचीको निर्यात ३३ प्रतिशतले बढ्यो

झापा– मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो

युवालाई आत्मनिर्भर बनाउँदै चखेल गाउँ

मकवानपुर– विदेशमा पसिना बगाएर मात्र जीवन बदलिन्छ भन्ने भ्रमलाई चिर्दै

पर्यटकको पर्खाइमा जुम्लाको नदैगुफा

जुम्ला– जुम्लाको तिला गाउँपालिका– ९ माथिल्लो खोप्री गाउँमा रहेको नदैगुफा