सेतो रक्तकोशिका बढाउन यी खानेकुरा खानुहोस् « Khabarhub

सेतो रक्तकोशिका बढाउन यी खानेकुरा खानुहोस्


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हाम्रो शरीरमा तीन प्रकारका रक्तकोशिका हुन्छन्, सेतो, रातो र प्लेटलेट्स ।

यी तीन रक्तकोशिकामध्ये सेतो रक्तकोशिकाले शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउन र वाह्य संक्रमणबाट शरीरलाई रक्षा गर्दछ ।

सेतो रक्तकोशिकाको कमी भए शरीरमा अनेकन रोगले संक्रमण गर्न थाल्दछ । अर्थात, शरीरको रोग प्रतिरोधात्मक क्षमता घट्छ । त्यसैले शरीरमा सेतो रक्तकोशिकाको वृद्धि गर्न भिटामिन ए, सी र ई सेवन गर्नु पर्दछ । सेतो रक्तकोशिका बढाउन निम्न खानेकुरा खानु पर्दछ ।

१. एन्टीअक्सिडेन्ट, एन्टीव्याक्टेरियल तथा एन्टी इन्फ्लेमेन्टरी तथा एन्टीभाइरलले गुण भएको लसुनको सेवनले सेतो रक्तकोषिका निर्माण गर्न मद्दत गर्छ । साथै शरीरमा प्रतिरोधी क्षमता बलियो बनाएर रोगसित लड्न मद्दत गर्छ ।

२. ग्रीन टीमा रहेको भिटामिन सी, पोलिफिनलको साथमा रहेका अन्य एन्टी अक्सिडेन्ट तत्वले शरीरमा रहेका व्याक्टेरियालाई नष्ट गरेर शरीरको प्रतिरोधी क्षमता मजबुत बनाउँछ र सेतो रक्तकोशिका बढाउँछ ।

३. शरीरमा जिंकको कमी भएमा सेतो रक्तकोशिका कम हुने गर्छ । जिंकयुक्त आहारको सेवनले सेतो रक्तकोशिकाको संख्या बढाउन सकिन्छ ।

४. नियमित रुपमा दहीको सेवन गरे सेतो रक्तकोषिकाको संख्या बढ्नुका साथै शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्ने गर्छ । दहीले शरीरमा एन्टिबायोटिक सरह नै काम गर्छ र रोगसँग लड्न मद्दत गर्छ ।

५. आहारमा हरियो सागसब्जी अनिवार्य छ । यसमा आइरन, भिटामिन ए, भिटामिन बी कम्प्लेक्स, भिटामिन सी, क्याल्सियम तथा फाइबर पर्याप्त मात्रामा पाइन्छ । यसमा शक्तिशाली एन्टीअक्सिडेन्टस् तत्व हुन्छ जसले सेतो रक्तकोशिकाको संख्या बढाउँछ ।– एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ५ : ४० बजे

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’को वर्चस्व

काठमाडौं– तेस्रो संस्करणको कर्णाली चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’ले वर्चश्व

भारतमा तापलहर (लु) बाट १६ जनाको मृत्यु

नयाँदिल्ली– दक्षिणी भारतमा यस गर्मी मौसममा ताप लहर (लु) का

तीव्र गतिका कारण हुन्छन् ५० प्रतिशत बढी दुर्घटना

काठमाडौं– वैशाख महिनामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामध्ये आधाभन्दा

समझौता नजिक पुगे अमेरिका-इरान, ६० दिनको युद्धविराम तयारी

तेहरान- अमेरिका र इरानबीच ठूलो समझौता हुने सम्भावना देखिएको छ।

स्टेजमा रामचरणको ‘डबल मिस्टेक’, भिडियो भाइरल भएपछि दिए स्पष्टीकरण

काठमाडौं– साउथ सुपरस्टार राम चरण आफ्नो आगामी प्यान–इन्डिया चलचित्र पेड्डीको