स्वादमा मात्र होइन सौन्दर्यमा पनि उपयोगी काँक्रा « Khabarhub

स्वादमा मात्र होइन सौन्दर्यमा पनि उपयोगी काँक्रा


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तपाई हामी काक्रालाई सलादमा प्रयोग गर्ने फलका रुपमा बुझ्दछौ । गर्मीमा काक्रालाई शरीर शितल बनाउनसमेत खाने गरिन्छ ।

काँक्रोमा ९५ प्रतिशत पानी हुने भएकाले यसको सेवनले शरीरमा पानीको कमी हुन दिँदैन । साथै काँक्रोमा भिटामिन बी, सी का साथै पोटासियम, फस्फोरस तथा आइरन जस्ता तत्व पनि पर्याप्त मात्रामा पाइन्छ । काँक्राको प्रयोग छाला र कपालका लागि अत्यन्तै उपयोगी मानिन्छ ।

काँक्रामा पाइने बिटा करोटिनले कपाललाई मजबुत बनाउन र छालालाई नरम बनाउन मद्दत गर्दछ । गर्मी समयमा घामले डढेर छालाको कतिपय भाग कालो हुने गर्दछ । घामले डढेर छाला कालो भएको छ भने काँक्राको रसमा कागतीको रस मिसाएर १५ मिनेटसम्म छालामा दलेर छाड्दा त्यस्तो दाग हट्दछ ।

यस अलावा पोलेको ठाउँमा काँक्राको पातलो टुक्रा दल्नाले दुःखाइ कम हुनुका साथै फोका उठ्नबाट बच्दछ । साथै नियमित काँक्रा खानाले कब्जियत, पेटमा ग्यास भरिने जस्ता समस्या कम गर्न सकिन्छ ।- एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ७ : १४ बजे

चीनको एक कारखानामा विस्फोट, नौ जनाको मृत्यु

एजेन्सी– उत्तरी चीनको एउटा  कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या

प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इलाम २ मा एमालेका सुहाङ नेम्वाङले गराए उम्मेदवारी दर्ता

काठमाडौं– इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट

एमालेका ठाकुर गैरेले पाल्पा २ बाट उम्मेदवारी दर्ता गरे

काठमाडौं – नेकपा एमालेका ठाकुर गैरेले पाल्पा क्षेत्र नम्बर २

बैतडीबाट दामोदर भण्डारीको मनोनयन दर्ता

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि