बिहार विधानसभा निर्वाचन :  विपक्षी गठबन्धनलाई सुरूवाती अग्रता « Khabarhub

बिहार विधानसभा निर्वाचन :  विपक्षी गठबन्धनलाई सुरूवाती अग्रता


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतको बिहार विधानसभा चुनावअन्तर्गत मतगणनामा विपक्षी गठबन्धनले सुरूवाती अग्रता लिएको छ ।

बिहान ८ बजेबाट सुरू भएको मतगठनामा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) पछि परेको छ।

२४३ सिटका लागि भएको मतदानमा तेजस्वी यादव नेतृत्वको राष्ट्रिय जनता दल (आरजेडी)को गठबन्धनले ११८ सिटमा अग्रता लिएको छ। भाजपा ९२ र अन्य दल पाँच सिटमा अघि देखिएका छन्।

बिहार बिधानसभामा अहिले राष्ट्रिय जनता दलको ८० सिट छ । यस्तै जनता दल युनाइटेडको ७१, बिजेपीको ५३ र काँग्रेसको २७ सिट रहेको छ ।

पछिल्लो तीन कार्यकाल मुख्यमन्त्री बनेका नितिश कुमारले आफ्नो यो निर्वाचन अब अन्तिम निर्वाचन भएको बताएका छन् ।

विभिन्न एक्जिट पोल र अनुमानले पनि लालु यादवका छोरा तेजश्वी यादव नेतृत्वको राष्ट्रिय जनता दल गठबन्धनले बहुमत ल्याउने अनुमान गरिरहेका छन् ।

भ्रष्ट्राचारको आरोपमा जेलमै रहेका लालु यादव बिना उनका छोरा तेजश्वी यादवले आफ्नो नेतृत्वमा पहिलो पटक चुनाव लडेका हुन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  १० : ५० बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर