बिहार विधानसभा निर्वाचन :  विपक्षी गठबन्धनलाई सुरूवाती अग्रता « Khabarhub

बिहार विधानसभा निर्वाचन :  विपक्षी गठबन्धनलाई सुरूवाती अग्रता


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतको बिहार विधानसभा चुनावअन्तर्गत मतगणनामा विपक्षी गठबन्धनले सुरूवाती अग्रता लिएको छ ।

बिहान ८ बजेबाट सुरू भएको मतगठनामा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) पछि परेको छ।

२४३ सिटका लागि भएको मतदानमा तेजस्वी यादव नेतृत्वको राष्ट्रिय जनता दल (आरजेडी)को गठबन्धनले ११८ सिटमा अग्रता लिएको छ। भाजपा ९२ र अन्य दल पाँच सिटमा अघि देखिएका छन्।

बिहार बिधानसभामा अहिले राष्ट्रिय जनता दलको ८० सिट छ । यस्तै जनता दल युनाइटेडको ७१, बिजेपीको ५३ र काँग्रेसको २७ सिट रहेको छ ।

पछिल्लो तीन कार्यकाल मुख्यमन्त्री बनेका नितिश कुमारले आफ्नो यो निर्वाचन अब अन्तिम निर्वाचन भएको बताएका छन् ।

विभिन्न एक्जिट पोल र अनुमानले पनि लालु यादवका छोरा तेजश्वी यादव नेतृत्वको राष्ट्रिय जनता दल गठबन्धनले बहुमत ल्याउने अनुमान गरिरहेका छन् ।

भ्रष्ट्राचारको आरोपमा जेलमै रहेका लालु यादव बिना उनका छोरा तेजश्वी यादवले आफ्नो नेतृत्वमा पहिलो पटक चुनाव लडेका हुन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  १० : ५० बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब