ठूलो दुर्घटनाबाट मालिकलाई बचाएको सुगाबारे एबीसीदेखि बीबीसीसम्म चर्चा « Khabarhub

ठूलो दुर्घटनाबाट मालिकलाई बचाएको सुगाबारे एबीसीदेखि बीबीसीसम्म चर्चा


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- घरमा पालिएका पंक्षीले मानिसको ज्यान बचाउँछ भन्दा पत्याउनु हुन्छ ॽ पंक्षीले मानिसको ज्यान कसरी बचाउँला र !

अपत्यारिलो तर सत्य एउटा सुगाले आफ्नो मालिकको ज्यान बचाएको घटना यतिबेला सार्वजनिक भइरहेको छ ।

अष्टे«लियाको क्विन्सल्याण्डमा घरमा पालिएको सुगाले आफ्नो मालिकको ज्यान बचाएको छ । क्विन्सल्याण्ड राज्यको कंगारू इलाकाको सैल्स्टोन स्ट्रीटका निवासी न्गूयेनले घरमा एक सुगा पालेका थिए । न्गुयेन र एरिक नामक सुगा बाहेक उनको  घरमा अरु कोही थिएन । घरमा अचानक आगलागी भयो । जबकी त्यस समयमा न्गुयेन मस्त निन्द्रामा थिए ।

घरमा आगलागी भएपछि सुगाले आफ्नो मालिकलाई जगायो । न्गूयेन भन्छन्, ‘म निदाएको बेला आगलागी भएछ । तर मलाई एरिकले उठायो र म हतारमा बाहिरिए । करिब १ घण्टापछि मात्र आगो नियन्त्रणमा आयो । ठूलो खतराबाट मेरो सुगाले मलाई बचायो ।’

एरिकको यो बहादुरी अस्ट्रेलियाका कैयौं ठूला मिडियासम्म पुग्यो । एरिकका बिषयमा अन्तर्राष्ट्रिय सञ्चार माध्यम एबीसी न्युजदेखि बीबीसीसम्म चर्चा चल्यो । यसरी घरमा पालिएको सुगाले ज्यान बचाएको खबरपछि धेरैले एरिकको प्रशंसा गरेका छन् । –एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ६ : २३ बजे

बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण

बग्दाद– इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको सुरक्षा

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको प्रारम्भिक टोली घोषणा

सुदूरपश्चिम– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नका लागि सुदूरपश्चिम प्रदेशको

गोदावरीका अतिक्रमित संरचना हटाउन सुरु

गोदावरी– कैलालीको गोदावरी नगरपालिका-२ स्थित दुर्गालक्ष्मी सामुदायिक वन क्षेत्रमा अतिक्रमण

उपचारका क्रममा सुर्खेतमा २० वर्षीय सुत्केरीको मृत्यु

कर्णाली– तिला गाउँपालिका-३ जुम्ला सार्कीबाडाकी २० वर्षीय अस्मिता नेपालीको उपचारका

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने