बुद्धिसागरको कथामा ‘जिन्दावाद’ बनाउँदै निश्चल « Khabarhub

बुद्धिसागरको कथामा ‘जिन्दावाद’ बनाउँदै निश्चल


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक तथा कलाकार निश्चल बस्नेतले फिल्म ‘जिन्दावाद’ निर्देशन गर्ने भएका छन् ।

आफूले खोजेजस्तो कथा नभेटिएकाले फिल्म निर्देशनबाट टाढै रहेका बस्नेतले ‘लूट २’ पछि यो फिल्म निर्देशनको तयारी थालेका हुन् ।

फिल्मको स्किृप्ट बुद्धिसागरले लेखिरहेका छन् । यो फिल्ममा कस्तो कथा रहनेछ भन्नेबारे भने अहिले केही खुलाइएको छैन । निश्चल र बुद्धिसागरले फिल्ममा सहकार्य गर्न लागेको चर्चा वर्षौंदेखि चल्दै आएको थियो ।

हालसम्म फिल्ममा कलाकार को को हुनेछन् भन्ने पनि टुंगो लागेको छैन । फिल्मलाई लिएर लेखक बुद्धिसागर पनि उत्साहित देखिएका छन् ।

राम्रो स्किृप्ट पाए मात्र फिल्म निर्देशन गर्ने बताउँदै आएका निश्चलले लामो समयपछि फिल्म निर्देशन गर्न लागेकाले पनि दर्शक प्रतीक्षामा छन् ।

यसअघि ‘लूट २’ निर्देशन गरेर दर्शकबाट राम्रो प्रतिक्रिया नपाएका कारण पनि निश्चल आफ्नो निर्देशन पाटोलाई लिएर बढी सचेत देखिएका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  १ : २४ बजे

तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

चितवन– चितवनमा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा तथा

भर्‍याङ चढेर कैदी भागेपछि…

गण्डकी– कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा कास्की कारागारमा जन्मकैदको सजाय

डडेल्धुरामा किबीखेती विस्तार

डडेल्धुरा– डडेल्धुरामा किबीखेती विस्तार हुँदै गएको छ । जिल्लामा किबीखेती

कात्तिक १५ गतेदेखि नागढुङ्गा सुरुङमार्गमा सवारी शुल्क लाग्ने

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग

फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

कञ्चनपुर– तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका