ओलीलाई सचिवालय बैठक बोलाउन साँझसम्मको अल्टिमेटम, नदिए प्रचण्डले बोलाउने तयारी « Khabarhub

ओलीलाई सचिवालय बैठक बोलाउन साँझसम्मको अल्टिमेटम, नदिए प्रचण्डले बोलाउने तयारी


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाउने सहमति नदिने संकेतपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले औपचारिक बैठक बोलाउने तयारी थालेका छन् ।

अध्यक्ष दाहालले पार्टीको मुख्यालय धुमबाराहीमाऔपचारिक बैठक राख्ने तयारी गरेका हुन् ।

यता नेकपा सचिवालयका बहुमत सदस्यले अध्यक्ष केपी शर्मा ओलीलाई आज बेलुकीसम्मको अल्टिमेटम दिएका छन् ।

बहुमत सदस्यले ओलीलाई मंगलबार बेलुकी ४ बजेसम्म बैठक बोलाउन अल्टिमेटम दिएका छन् । सो समय सीमासम्म ओलीले सहमति नदिए अध्यक्ष दाहालले बैठक राख्ने तयारी गरेको उनी निकट स्रोतले बतायो ।

स्रोतका अनुसार आज नै बैठक बस्ने सम्भावना छ ।

यसअघि अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबार प्रधानमन्त्री ओलीलाई बैठक राख्ने सहमति दिनका लागि लिखित माग नै गरेका थिए । त्यसपछि ओलीले नेताहरूसँग भेटघाट बाक्लो बनाएर सहमति खोज्ने प्रयास गरेका थिए ।

प्रचण्डसहित पाँच जना नेताले शनिबार बालुवाटार पुगेर ४८ घण्टाभित्र बैठक बस्ने वातावरण बनाउन आग्रह गरेका थिए ।

यसअघि पनि सचिवालयका बहुमत सदस्यहरु धुम्बाराहीमा अनौपचारिक बैठक बसेका थिए। अध्यक्ष दाहालले बोलाएको उक्त अनौपचारिक बैठकमा ओली खेमाका ईश्वर पोखरेल, बिष्णु पौडेल र रामबहादुर थापा बादल सहभागी भएका थिएनन् ।

सचिवालयका बहुमत सदस्यले बैठकका लागि सहमति माग गर्दा समेत नदिएपछि अध्यक्ष दाहालले आफ्नो अधिकार प्रयोग गरेर बहुमत सदस्यसहित औपचारिक बैठक राख्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले भने सहमति बिना प्रचण्डले बैठक राखेमा पार्टी फुटको बिन्दु त्यही हुने बताएका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  २ : ३५ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक