चीनको एकतर्फी नाकाबन्दीले व्यवसायी मारमा, नाकामै धर्ना बस्ने चेतावनी « Khabarhub

चीनको एकतर्फी नाकाबन्दीले व्यवसायी मारमा, नाकामै धर्ना बस्ने चेतावनी


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनले एकतर्फी रुपमा सीमा बन्द गरेका कारण भएको समस्या समाधानमा सरकार गम्भीर नबनेको भन्दै नाकामै धर्ना बस्ने चेतावनी दिएका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघले दश महिनादेखि चिनियाँ नाकामा रोकिएका कन्टेनरहरु सहज रुपमा नेपाल भित्रन नसकेको र सरकारले समेत पहल नगरेको भन्दै नाका सहज बनाउन सरकारसँग माग समेत गरेका छन् ।

संघका अध्यक्ष नरेश कटुवालले जारी गरेको विज्ञप्तिमा नाकामा देखिएका समस्या समाधानका लागि सरकारसँग पटकपटक आग्रह गरे पनि समस्या समाधान नभएको बताएका छन् ।

परराष्ट्रमन्त्री, प्रतिपक्षी दलका नेता लगाएतका सबै शिर्ष नेताहरुलाई समस्याका बारेमा जानकारी गराएपछि केरुङ, तातोपानी नाका खुला गरिएको भएपनि अहिले समेत मालवस्तुहरु सहज रुपमा नेपाल भित्रन नसकेको महासंघले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नाकाहरुमा अहिले पनि धेरै कन्टेरहरु रोकिएका छन् । तर दिनमा एक र बढीमा दुईवटामात्रै कन्टेनर चिनियाँ पक्षले नेपाल भित्रन दिइरहेको छ । नेपालतर्फ कुनै समस्या नहुँदा समेत सहज रुपले सामान नभित्रिदा नेपाल सरकारले कुटनितिक पहल नै गर्न नसकेको भन्ने प्रष्ट छ ।’

सीमा नाकामा अत्यधिक भाडा वृद्धि र सिण्डिकेट समेतको अन्त्य गरी कुटनीतिक पहलबाट नाका सहज बनाउन हामी सरकारलाई आग्रह गर्दै समस्या समाधान नभए नाकामै धर्ना बस्ने व्यवसायीहरुले चेतावनी दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ,‘कुटनीतिक पहलबाट नाका सहज बनाउन सरकार समक्ष विनम्र अनुरोध गर्न चाहन्छौं । यदि यि समस्याहरु समाधान नहुने हो भने महासंघमा आवद्ध उद्योगी–व्यवसायीहरु नाकामै गएर धर्ना बस्न बाध्य हुने चेतावनी समेत दिन चाहान्छौं ।’

कोरोनाका कारण देखाउँदै चीनले नेपालसँगको सिमानाका बन्द गरेका कारण १० महिनादेखि नेपाली व्यवसायीहरुको सामान चिनिया नाकामै रोकिएको व्यवयासीहरुले बताएका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ६ : ५५ बजे

म्यान्मारलाई सहायता रकम हस्तान्तरण

काठमाडौं– नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका दुई

पाटन ढोकामा जगदीश खरेलको मतदाता भेटघाट अभियान (तस्बिरहरू)

काठमाडौं– यही फागुन २१ गते हुने निर्वाचनको लागि आजदेखि घरदैलो

चुनाव नजिकिँदै गर्दा जेन-जी आन्दोलनका क्रममा भागेका सात कैदी पक्राउ

काठमाडौं – गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा काठमाडौं

सुरक्षित निर्वाचनका लागि सक्रियता बढाउँदै सेना, थाल्यो मोटरसाइकलमा गस्ती

सिन्धुली- आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित तथा निष्पक्ष रूपमा सम्पन्न गराउ

रुस-युक्रेन युद्धमा मारिएका सैनिकको परिवारलाई किम जोङ उनले राजधानीमै घर दिने

प्योङयाङ- रुस–युक्रेन युद्धमा ज्यान गुमाएका आफ्ना सैनिकका परिवारलाई लक्षित गर्दै