बिहार विधानसभाको चुनाव: एनडिएलाई झिनो अग्रता « Khabarhub

बिहार विधानसभाको चुनाव: एनडिएलाई झिनो अग्रता


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पटना – भारतको बिहारमा सम्पन्न विधानसभाको निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगले अपराह्न सार्वजनिक गरेको विवरणमा भारतीय जनता पार्टी र जनता दल युनाइटेडको गठबन्धन (एनडिए) ले झिनो अग्रता लिएको छ ।

बिहारको कूल २४३ सदस्यीय विधानसभामा एनडिएले १२८ स्थानमा अग्रता बनाइरहेको छ जसमा भारतीय जनता पार्टीले ७४, जनता दल युनाइटेडले ४७, विकासशील इन्सान पार्टीले ६ तथा हिन्दुस्तानी अवाम मोर्चाले एक स्थानमा अग्रता बनाएका छन् ।

पूर्व मुख्यमन्त्री लालु प्रसाद यादवका छोरा अध्यक्ष रहेको राष्ट्रिय जनता दलको अग्रसरतामा गठन भएको महागठबन्धनले कूल १०४ स्थानमा अग्रता बनाइरहेको छ । महागठबन्धनमा रहेको राष्ट्रिय जनता दलले ६७, भारतीय राष्ट्रिय काँग्रेसले १९, बामपन्थी समूहले १९ स्थानमा अग्रता बनाएका छन् ।

बिहार निर्वाचन आयोगका प्रमुख एचआर श्रीनिवासले मंगलबार अबेर रातिसम्म मतगणना कार्य जारी रहने बताएका छन् ।

बिहार विधानसभाको तीन चरणमा चुनाव सम्पन्न भएको थियो । कोरोनाभाइरसका कारण चुनावको नतिजा प्रकाशनमा यसपटक केही ढिलाई भएको आयोगले जनाएको छ ।

कोरोनाभाइरसका कारण सामाजिक दूरी कायम गर्नुपर्ने जनाउँदै यसपटक मतदान केन्द्रको संख्या ७२ हजार ७२३ वटा थप गरिएका कारण पनि चुनावी मतगणनामा ढिलाई भएको समाचार छ ।

यस चुनावमा तीन हजार ७५५ उम्मेदवार रहेका थिए । चुनाव आयोगले हाल ५५ वटा मतगणना स्थलको व्यवस्था गरेको छ ।

बिहारमा गत अक्टोबर २८, नोभेम्बर ३ र नोभेम्बर ७ मा गरी तीन चरणमा चुनाव भएको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ५ : ३२ बजे

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु