बिहार विधानसभाको चुनाव: एनडिएलाई झिनो अग्रता | Khabarhub Khabarhub

बिहार विधानसभाको चुनाव: एनडिएलाई झिनो अग्रता


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पटना – भारतको बिहारमा सम्पन्न विधानसभाको निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगले अपराह्न सार्वजनिक गरेको विवरणमा भारतीय जनता पार्टी र जनता दल युनाइटेडको गठबन्धन (एनडिए) ले झिनो अग्रता लिएको छ ।

बिहारको कूल २४३ सदस्यीय विधानसभामा एनडिएले १२८ स्थानमा अग्रता बनाइरहेको छ जसमा भारतीय जनता पार्टीले ७४, जनता दल युनाइटेडले ४७, विकासशील इन्सान पार्टीले ६ तथा हिन्दुस्तानी अवाम मोर्चाले एक स्थानमा अग्रता बनाएका छन् ।

पूर्व मुख्यमन्त्री लालु प्रसाद यादवका छोरा अध्यक्ष रहेको राष्ट्रिय जनता दलको अग्रसरतामा गठन भएको महागठबन्धनले कूल १०४ स्थानमा अग्रता बनाइरहेको छ । महागठबन्धनमा रहेको राष्ट्रिय जनता दलले ६७, भारतीय राष्ट्रिय काँग्रेसले १९, बामपन्थी समूहले १९ स्थानमा अग्रता बनाएका छन् ।

बिहार निर्वाचन आयोगका प्रमुख एचआर श्रीनिवासले मंगलबार अबेर रातिसम्म मतगणना कार्य जारी रहने बताएका छन् ।

बिहार विधानसभाको तीन चरणमा चुनाव सम्पन्न भएको थियो । कोरोनाभाइरसका कारण चुनावको नतिजा प्रकाशनमा यसपटक केही ढिलाई भएको आयोगले जनाएको छ ।

कोरोनाभाइरसका कारण सामाजिक दूरी कायम गर्नुपर्ने जनाउँदै यसपटक मतदान केन्द्रको संख्या ७२ हजार ७२३ वटा थप गरिएका कारण पनि चुनावी मतगणनामा ढिलाई भएको समाचार छ ।

यस चुनावमा तीन हजार ७५५ उम्मेदवार रहेका थिए । चुनाव आयोगले हाल ५५ वटा मतगणना स्थलको व्यवस्था गरेको छ ।

बिहारमा गत अक्टोबर २८, नोभेम्बर ३ र नोभेम्बर ७ मा गरी तीन चरणमा चुनाव भएको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ५ : ३२ बजे

ला लिगा : लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले सेल्टा

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती: विभिन्न कार्यक्रम गरेर मनाइँदै

काठमाडौं- वि.सं. २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल कात्तिक २४ गते सोमबार। मंसिर

आज २०८२ साल कात्तिक २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २४ गते सोमबार। मंसिर