बिहीवार सचिवालय बैठक बोलाउन ओलीलाई प्रचण्डको प्रस्ताव « Khabarhub

बिहीवार सचिवालय बैठक बोलाउन ओलीलाई प्रचण्डको प्रस्ताव


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार सचिवालयको बैठक बोलाउन अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रस्ताव गरेका छन् ।

मंगलबार दिउँसो ओलीलाई भेटेर दाहालले बिहीबार बैठक बोलाउने विषयमा सहमतिका आग्रह गरेका थिए । तर, बैठकका लागि ओली सहमत भइनसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

प्रधानमन्त्री ओलीलाई भेटेपछि पार्टी मुख्यालय धुम्बाराहीमा बसेको सचिवालयका बहुमत सदस्यको बैठकमा ओलीसँगको भेटबारे दाहालले ब्रिफिङ गरेका थिए ।

‘गत शनिबार प्रधानमन्त्री एवं अध्यक्षलाई लिखित पत्रसहित भेटेर सचिवालयको बैठक बस्ने कुरामा सहमति जनाउन र तुरुन्त बैठक बस्न अनुरोध गरेका थियौं । योबीचमा बैठक बस्ला भन्ने अपेक्षा थियो । बैठक बसेन । बैठक बस्ने कुरामा उहाँ (ओली)ले सहमति दिनु भएन,’ प्रवक्ता श्रेष्ठले भने, ‘आज अध्यक्ष प्रचण्डले उहाँलाई भेटेर पर्सि २७ गते बैठक बस्न र बैठकमा आउन अनुरोध गर्नुभएको छ । तर उहाँ (ओली) पर्सिको बैठक बस्ने कुरामा पनि सहमति जनाइसक्नु भएको छैन । उहाँले बैठकमा सहमति जनाउनु हुनेछ । सहमतिमै बैठक बस्ने आशा गरौं ।’

कात्तिक २२ मा अध्यक्ष दाहालसहितका ५ नेताले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई दुई पेज लामो पत्र बुझाएका थिए । अध्यक्ष दाहालले पत्र बुझाउँदै दुई दिनभित्र सचिवालयको बैठकका लागि सहमति दिन प्रधानमन्त्री ओलीलाई समय दिएका थिए ।

तर, समयसीमा सकिँदा पनि ओली बैठकका लागि तयार नभएपछि दाहालले थप छलफलका लागि सचिवालयका सदस्यलाई बोलाएका थिए ।

नेकपाभित्र कर्णालीमा प्रदेशका मुख्यमन्त्रीविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव, राजदूत नियुक्तिका लागि सिफारिसको निर्णय, मन्त्रिपरिषद् विस्तार, भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री ओलीको भेट लगायतका विषयलाई लिएर विवाद चर्किएको छ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ६ : ०४ बजे

म्यान्मारलाई सहायता रकम हस्तान्तरण

काठमाडौं– नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका दुई

पाटन ढोकामा जगदीश खरेलको मतदाता भेटघाट अभियान (तस्बिरहरू)

काठमाडौं– यही फागुन २१ गते हुने निर्वाचनको लागि आजदेखि घरदैलो

चुनाव नजिकिँदै गर्दा जेन-जी आन्दोलनका क्रममा भागेका सात कैदी पक्राउ

काठमाडौं – गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा काठमाडौं

सुरक्षित निर्वाचनका लागि सक्रियता बढाउँदै सेना, थाल्यो मोटरसाइकलमा गस्ती

सिन्धुली- आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित तथा निष्पक्ष रूपमा सम्पन्न गराउ

रुस-युक्रेन युद्धमा मारिएका सैनिकको परिवारलाई किम जोङ उनले राजधानीमै घर दिने

प्योङयाङ- रुस–युक्रेन युद्धमा ज्यान गुमाएका आफ्ना सैनिकका परिवारलाई लक्षित गर्दै