अन्तर्राष्ट्रिय पर्यवेक्षकले भने : अमेरिकी चुनावमा धाँधली भएको छैन | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय पर्यवेक्षकले भने : अमेरिकी चुनावमा धाँधली भएको छैन


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङटन –अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स (ओएएस) का अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले अमेरिकी राष्ट्रपतिको हालै सम्पन्न निर्वाचनमा धाँधली वा मतदानमा अनियमितता नभएको जनाएका छन् ।

यस पर्यवेक्षणमा १३ मुलुकका २८ जना विज्ञ एवं पर्यवेक्षक सहभागी थिए । उनीहरुले अमेरिकी राज्यहरु जोर्जिया, आयोवा, मेरिल्यान्ड, मिचिगन र डिस्ट्रिक्ट अफ कोलम्बियाको चुनावी गतिविधिको अनुगमन गरेका थिए । कोभिड–१९ का कारण अन्य राज्यमा भने अनुगमन गर्न नसकिएको ओएसले जनाएको छ ।

ओएएसका अनुसार चुनावको दिन शान्तिपूर्ण थियो भने हुलाकबाट प्राप्त मतपत्रहरु निकै सुरक्षित र व्यवस्थित थियो ।

पर्यवेक्षणका क्रममा चुनावमा धाँधली भएको कुनै प्रमाण फेला नपरे पनि चुनावमा सहभागी पक्षले अदालतमा उजूरी दिन सक्ने पनि ओएएसले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा धाँधली भएको दाबी गर्दै विभिन्न राज्यका अदालतमा मुद्दा दायर गर्नुका साथै राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई बधाई समेत दिएका छैनन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ८ : ३५ बजे

बीपी प्रतिष्ठानमा फार्मेसी भवन, अंकोलोजी र बर्न युनिट उद्घाटन 

सुनसरी– धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नवनिर्मित फार्मेसी भवन,

चिनियाँ राजदूतले सुनाए ‘तीन ठाउँमा तीन ब्रान्ड’को कन्सेप्ट

काठमाडौं- बिहीबार साँझ काठमाडौंमा आयोजित चिनियाँहरूको परम्परागत नयाँ वर्ष वसन्त

कसरी भाइरल हुन्छ इन्स्टाग्राम रील्स ? जान्नुहोस् प्रक्रिया

काठमाडौं– अहिले इन्स्टाग्राम रील्सले सामाजिक सञ्जालको संसारमा क्रान्ति ल्याएको छ। यो मनोरञ्जनको

मधेशमा विवादित ‘भाषा विधेयक’ फिर्ता हुने

जनकपुरधाम – मधेस सरकारले भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,

कांग्रेस संसदीय दलको बैठक आह्वान

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेस संसदीय दलको बैठक बोलाएको छ