अन्तर्राष्ट्रिय पर्यवेक्षकले भने : अमेरिकी चुनावमा धाँधली भएको छैन « Khabarhub

अन्तर्राष्ट्रिय पर्यवेक्षकले भने : अमेरिकी चुनावमा धाँधली भएको छैन


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङटन –अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स (ओएएस) का अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले अमेरिकी राष्ट्रपतिको हालै सम्पन्न निर्वाचनमा धाँधली वा मतदानमा अनियमितता नभएको जनाएका छन् ।

यस पर्यवेक्षणमा १३ मुलुकका २८ जना विज्ञ एवं पर्यवेक्षक सहभागी थिए । उनीहरुले अमेरिकी राज्यहरु जोर्जिया, आयोवा, मेरिल्यान्ड, मिचिगन र डिस्ट्रिक्ट अफ कोलम्बियाको चुनावी गतिविधिको अनुगमन गरेका थिए । कोभिड–१९ का कारण अन्य राज्यमा भने अनुगमन गर्न नसकिएको ओएसले जनाएको छ ।

ओएएसका अनुसार चुनावको दिन शान्तिपूर्ण थियो भने हुलाकबाट प्राप्त मतपत्रहरु निकै सुरक्षित र व्यवस्थित थियो ।

पर्यवेक्षणका क्रममा चुनावमा धाँधली भएको कुनै प्रमाण फेला नपरे पनि चुनावमा सहभागी पक्षले अदालतमा उजूरी दिन सक्ने पनि ओएएसले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा धाँधली भएको दाबी गर्दै विभिन्न राज्यका अदालतमा मुद्दा दायर गर्नुका साथै राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई बधाई समेत दिएका छैनन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ८ : ३५ बजे

सल्लाहकारको पछि लाग्दा देउवाको मान-सम्मान गुम्दै : छवि लामा

दोलखा– नेपाली कांग्रेस दोलखाका पार्टी उपसभापति एवं वैतेश्वर गाउँपालिका अध्यक्ष

धवलशम्सेरको पार्टीले राजसंस्था र हिन्दु अधिराज्यका पक्षमा हस्ताक्षर संकलन गर्ने

काठमाडौं– धवलशम्सेर राणा नेतृत्वको प्रस्तावित जय नेपाल पार्टीले संवैधानिक राजसंस्था

दुर्गा प्रसाईंको घरमा प्रहरीको खानतलासी

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेको छ

अघिल्लो आर्थिक वर्षमा बैंक र जलविद्युत सकारात्मक, होटेल र बीमा क्षेत्र सुस्त

काठमाडौं– गत आर्थिक वर्षमा अर्थतन्त्रका मुख्य क्षेत्रको वित्तीय अवस्था मिश्रित