जाडोमा बालबालिकामा हुने झाडापखाला झन खतरनाक ! « Khabarhub

जाडोमा बालबालिकामा हुने झाडापखाला झन खतरनाक !


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रायः मानिस बर्षायाममा झाडापखला लाग्ने बुझ्दछन् । तर यो रोग बर्षामा मात्र नभइ जाडोयाममा पनि लाग्दछ । जाडोमा हुने झाडापखालालाई वीन्टर डायरिया भनिन्छ ।

विन्टर डायरिया विशेषगरी नवजात शिशु र साना बालबालिकामा हुने गर्दछ । र यो मौसमको झाडापखाला खतरनाक हुन्छ । यस्तो झाडापखालाको मुख्य कारण नै चिसो हो ।

जाडोको मौसममा ‘रोटाभाइरस’ सक्रिय हुन्छन जसले झाडापखालाको समस्या हुन्छ । यसको राम्रो उपचार नभएम जलबियोजन अर्थात डिहाइड्रेसन हुनसक्छ । र शरीरमा पानीको कमी भइ बिरामीको मृत्यु समेत हुनसक्छ ।

जलवियोजन कसरी थाहा पाउने ?

– बिरामीलाई हेरेर पनि जलवियोजनबारे जानकारी हुन्छ ।
– दिसामा रगत मिसिए, तिर्खा लागिरहे, रुँदा आँशु नआए बच्चामा जलवियोजन हुनसक्छ ।
– आँखा गाडिए, बेहोस हुने, मुख, ओठ, जिब्रो सुख्खा भएमा समेत जलवियोजन हुन सक्छ ।
– पेटको छाला खुकुलो वा पातलो भए बिरामिलाई छामेर पनि जलवियोजन थाहा हुनसक्छ ।
– जलवियोजन हुदाँ बैचैनी हुने, झर्को मान्ने, सुख्खा हुने जस्ता समस्या देखिन्छ ।
– अत्यधिक तिर्खा लाग्ने, पानी पिउँदा हतारिने जस्ता लक्षण समेत जलवियोजन हो ।
– जलवियोजन भएको मानिसको छाला तानेर छोड्दा विस्तारै फर्किने गर्छ ।
बच्ने उपाय
– पखालाका विरामिको ऊपचार भनेकै प्रसस्त पानि भएकाले पानि पिउन दिनु पर्दछ ।
– प्रत्येक पटक पातलो दिशा गरेपछि, जीवनजल ख्वाउनु पर्दछ ।
– २ देखि १० बर्षसम्मका बालबालिकालाई १०० देखि २०० मिलि जीवनजल दिनुपर्छ ।
– दिसापछि र खाना अघिपछि राम्रोसँग साबुनपानीले हात धुने ।
– फलफुल तथा हरियो सागपात राम्रोसँग पखालेर मात्र खाने ।
– खानेकुरा जहिल्यै छोपेर राख्नुपर्छ ।
– बच्चालाई जिवनजल दिइरहनुपर्छ । स्तनपानलाई नियमित राख्नु पर्दछ ।
– बच्चा खानसक्ने भए केरा, ऊसिनेको आलु मुछेर खान दिनुपर्छ ।
– बच्चालाई ग्लुकोज या चिनी पानीको मात्र झोल दिनु हुँदैन ।
– कोकाकोला, कफि लगायतका कफिनको मात्रा भएको तरल ख्वाउनु हुदैँन ।
– शिशुलाई आमाको दुधबाहेक बाहिरी दुध तथा दुधका परिकार खुवाउनु हुँदैन ।

यति गर्दा पनि पटक पटक पातलो दिशा भएमा, राम्रोसाग पिऊन र खान नसकेको अवस्थामा, तारन्तार बान्ता भएमा, ज्वरो आइरहेमा, अत्याधिक तिर्खा लाग्ने समस्या भएमा, दिसामा रक्त देखिने लगायतको अवस्थामा तुरुन्त अस्पताल जानु पर्दछ ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ५ : ४५ बजे

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण

क्यान–११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित

कास्की – भुटानको राष्ट्रिय क्रिकेट टोली आज पोखरामा भएको टी–२०

रास्वपा छाडेर कांग्रेसमा लागेकी ममता शर्मा महाधिवेशन प्रतिनिधिमा चयन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेर नेपाली कांग्रेसको राजनीतिमा

‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’

काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर