बेलायती प्रधानमन्त्री जोनसन र ईयूका प्रमुख उर्सुलाबीच ब्रेक्जिट सम्झौताबारे छलफल « Khabarhub

बेलायती प्रधानमन्त्री जोनसन र ईयूका प्रमुख उर्सुलाबीच ब्रेक्जिट सम्झौताबारे छलफल


२५ मंसिर २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बेलायतका प्रधानमन्त्री बोरिस जनसनले युरोपियन युनियनका पदाधिकारीसँग भेटवार्ता गरेका छन् ।

युरोपियन युनियनका प्रमुख उर्सुला भोन डेर ल्येनसँग भेटवार्ता ब्रेक्जिटबारे छलफल भएको बीबीसीले उल्लेख गरेको छ ।

बेलायतलाई ब्रेक्जिटबारे सहमति गर्नैपर्ने दवाव रहेकाले दुवै नेताबीच लामो अनौपचारिक छलफल पछि औपचारिक भेटवार्ता भएको हो ।

यही डिसेम्बर अन्त्यसम्ममा बेलायतले ब्रेक्जिटबारे निर्णय गरिसक्नुपर्ने विश्व व्यापार संगठनको समयसीमा रहेकाले छलफललाई तीव्र पारिएको हो ।

दुवै नेताबीच भएको भेटवार्तामा कुनै ठोस सहमति नभएको बताइएको छ । तर समयसीमा अघि नै महत्वपूर्ण सम्झौता भइसक्ने दुवै नेताले बताएका छन् ।

लामो बहसपछि बेलायत जनवरीमा ब्रेक्जिटबाट बाहिरिएको थियो । तर विश्व व्यापार संगठनको कडाइका कारण ११ महिना नबित्दै बेलायतले फेरि पनि ब्रेक्टिज सहमतिबारे छलफल गर्न थालेको हो ।

छलफलमा दुवै देशमा आयात र निर्यात हुने सामग्रीको भन्सार तथा कर एवम् व्यापारीक सम्झौता गर्नेबारे छलफल भएको बताइएको छ ।

यता बेलायतले युरोपियन युनियनले आफ्ना मापदण्ड खुकुलो पारेमा मात्र सहमति हुन सक्ने बताउँदै आए छ ।

प्रधानमन्त्री जनसनले वार्ताका लागि आफू तयार रहेपनि इयुले लचकता नदेखाएको टिप्पणी गर्दै आएका थिए ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहिबार  ८ : ४५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया